चुनाबको माध्यम बाट जनताले आफ्नो सार्बभौम अधिकार प्रतिनिधि लाई सुम्पन्छ्न, त्यसरी प्रत्योजित अधिकार पाएका प्रतिनिधिले रास्ट्र अध्यक्ष र प्रधानमन्त्री चुन्छ्न र तिनै पात्रको वरिपरी हाम्रा कानुन र राज्यब्यवस्था निर्माण र सन्चालित हुन्छ्न । यहि राज्य सन्चालन ब्यवस्था नै लोकतन्त्र हो । लोकतन्त्रमा सार्बभौमसत्ताको अन्तिम स्वामित्व जनतामा निहित हुन्छ, लोकतन्त्र ब्यवस्था या प्रणाली मात्र होइन यो त स्वभाव र सस्कृती पनि हो । स्वभाव र सस्कृतिमा जिबित रहे मात्र त्यो ब्यवस्थामा जिबन्त हुने हो । राजतन्त्रात्मक ब्यस्थामा जस्तो गरि राज्य चलाउने ब्यक्ती बिष्णुको अबतार हो भन्ने कुरा लोकतन्त्रले कल्पना गर्दैन । देवतहरु मानिसमाथी शासन गर्न सक्दैनन । मानिसको प्रतिनिधित्व केबल मानिस बाट सम्भब छ । किसान को प्रतिनिधित्व किसान बाट मात्र सम्भब छ, यिनै केन्द्रबिन्दुमा रहेर राजसस्थाको चार सय बर्ष पुरानो जग भत्काइएको हो ।
यथार्थ यहि हो कर्णाली र ताप्लेजुङ मा किसानी गर्ने महोत्तरी र बैतडिमा मजदुरी गर्ने आम किसान मजदुर र सिमान्तकृतहरुको समस्या बंशिय आधारमा बिरासत पाउनेहरुले सम्बोधन गर्न सक्दैनन । न त राउटे र बाह्रगाउलेहरुको प्रतिनिधित्व नै गर्न सक्छ्न । राज्यसत्तामा सबै जनताको अनुहार बिम्बित हुनु पर्छ यदि होइन भने त्यो लोकतान्त्र हुन सक्दैन । राज्यव्यवस्थामा सबैको पहुच केबल लोकतान्त्रिक प्रणाली र आबधिक चुनाब बाट मात्र सम्भब छ । तर चुनाब र लोकतन्त्र पर्याबाची होइनन । चुनाब हुदैमा लोकतन्त्रै हुन्छ भन्ने पनि छैन, त्यो कुलिनतन्त्र, डनतन्त्र पुजिबाद र अन्य ठिमाह तन्त्र पनि हुन सक्छ जस्लाइ अहिलेको स्थानिय सरकार को बनावट मा खासगरी देख्न सकिन्छ । संघियता ठिक या बेठिक सफल या बिफल भन्ने प्रस्न भुगोल र जनसंख्या को मात्र होइन पात्र र प्रवृत्तिको पनि हो ।
अहिलेको स्थानीय सरकारमा स्थानियहरु छैनन, होलान तर स्थानिय होइनन । प्राय गाउँपालिका प्रमुख उपप्रमुख र वाड अध्यक्षहरुको घर बजार मा छ । छोराछोरी हरु बोडिङ मा छ्न । म्याडम को डेरिभरी प्रदेस राजधानिका नामुख हस्पिटलमा हुन्छ । अध्यक्ष साहेबले स्थानिय चौकिबाट सिटामोल पनि खानु हुन्न । गाउमा असी प्रतिशत भन्दा बढी किसान छ्न, प्रतिनिधिहरु क्रसर डोजर र हाडवर्य चलाउछ्न । ठूलो खानदान र मटो सम्पत्तिसंग मेरो कुनै तुस छैन तर असी प्रतीशत किसान को प्रतिनिधित्व र त्यही आकडामा रहेका मध्यम बर्ग को राज्य संयत्रमा पहुच बारे मेरो वकालत हो । स्थानियको समस्या स्थानिय बाटै समाधान हुनु पर्छ या समधान सम्भब छ भन्ने सघियताको मर्म बारे मेरो वकालत हो । स्थानिय भनेको त्यही ठाउँमा जिबिका गर्ने , लालाबाला त्यहीको सरकारी स्कुलमा पढाउने त्यही का स्थानिय स्वास्थ्यचौकीमा उपचार गराउने त्यहिका आम स्थानिय ले झै सार्वजनिक यातायात चढ्नु हो । यदि छोराछोरी शहरको बोडिङ पढाएर साझ पख बुलेरोमा सरकारी स्कुल हुँदै वाड कार्यालय हुइकन्छ भने त्यो स्थानिय होइन स्थानिय तहमा त्यही गाउँ ठाउँ का धनी र केही बलिया परिवार को हस्तक्षेप छ । यदि कुनै दुर्गम गाउको गाउपालिका प्रमुख ठूलो खानदान , क्रसर र दोजरको मालिक र बजार केन्द्रित घरबार भएको मान्छे छ भने यो देस मा राजतन्त्र अझै जिबित छ ।
राजाहरु अझै सत्ता मा छ्न, सघिय लोकतान्त्रिक गणतन्त्रले राजा चाहेको छैन हामीले बर्षौ पहिला हटाइसकेउ । सघियताले मागेको जनप्रतिनिधि हो, तर अचम्म के छ भने हामीले प्रतिनिधि को सट्टा केही कुलीन र सम्पन्न मान्छे निर्वाचित गर्न पुगेका छौ । जुन राजतन्त्र कै लाइट भर्जन हो र हाम्रो गुनासो छ, हाम्रा स्कुल सुध्रीएनन, हाम्रा बाटा बनेनन्, भ्रष्टाचार घटेन, स्वास्थ्य चौकीमा औषधि पाइएन, कृषि मा आधुनिकीकरण भएन, उपचार महङ्गो भयो, सुशासन भएन र रोजगारी भएन तर चुनाबको माध्यमबाट हामिहरुले यस्ता मानिसहरुलाइ ती काम को अख्तियार र जिम्मेवार सुम्पिएका छौ । जस्को जिन्दगी निम्न हिसाबले चलिरहन्छ, उसलाई केही फरक पर्दैन :
- डोजर मालिक लाई बाटो राम्रो भए ब्यवसाय ठप्प हुन्छ बाटो राम्रो कहिल्यै बनाउदैन ।
- बोडिङ स्कुलको मालिकलाई सरकारी स्कुलको गुणस्तर खस्काए बोडिङमा विद्यार्थी बडछ्न ।
- निजि हस्पिटलको मालिक सरकारीमा उपचार नपाए निजिमा आम्दानी बडछ यात यि समस्या उस्का समस्या नै होइनन ।
- कृषि मा ब्यवसायिकता नआए पनि उस्को ब्यवसाय चल्छ ।
- छोराछोरी बोडिङ्मा छ्न सरकारी स्कुलको गुणस्तर खस्किएनी फरक पर्दैन ।
- उस्को छोरोछोरिलाई पुर्ख्यौली सम्पती वा ब्यवासाय छ जस्लाइ कैयौ पुस्तालाइ बेरोजगारिको समस्या पर्दैन ।
- उस्को आफ्नै गाडी छ भाडा महँगो भएर केहि फरक पर्दैन ।
- गाउँ बिकास नभए पनि शहरमा घर छ ।
तपाईं हाम्रो धेरै प्रतिनिधि यस्तै छ्न अस्थानिय, र हामीसंग कुनै समानता नै नभएका ब्यक्तिगत सम्पती र पारिवारिक बिरासत मात्र बोकेका जस्लाइ मैले समग्रमा कुलीन भन्छु । तिनिहरु न प्रतिनिधित्व गर्न सक्छ्न हाम्रो दिनचर्याको, न त दिशानिर्देश गर्न सक्छ्न हाम्रो भबिस्यको । अधिकाश पैसा या परिवारिक बर्चस्व कायम राख्न आएका छन । केहि त इज्जत र केही थुङ्गा फुल र गोडचार थान सम्मान कमाउन आएका छन । यस्तै मान्छेहरुको अराजक शासन कुलिनतन्त्र हो । स्कुलको छानो चुहिरहदा कुलिनतन्त्रका जिउदा चिहानघारी भ्युटावर बनेर उभिएका छ्न । कतै चार बर्षमा ढल नबनेका सहरमा स्मार्ट सिटि को होल्डिङ बोट बनेर झुन्डिरहेका छ्न । कतै महँगो गाडी बनेर घुइकिएका छ्न , यी कस्का प्रथामिकता हुन कस्को आवश्यकता हुन न तपाइको न मेरो यी त फगत कुलिनतन्त्रका शोख हुन । जब सम्म यी कुलिनतन्त्रका शोखहरु सरकारमा छ्न मध्यम वर्गीय रोग र न्युन बर्गिय भोकहरु प्राथमिकता बन्न सक्दैनन जो हाम्रो जनप्रतिनिधि त बने तर कुनै मामलामा प्रतिनिधित्व गरेनन यस्तो अराजक कुलिनतन्त्र उर्फ “मिनि राजतन्त्र” सबैको साझा समस्या हुन । आशा छ अब आउने चुनाबमा हाम्रो सर्बभौम अधिकार मताधिकार बाटै अंकगणितिय भाषामा भन्ने छ “कुलिनतन्त्रको अन्त्य गर यो हाम्रो सत्ता हो” ।

