मुक्तक १)
जब साचाे अर्थ थाहाँ पायेा उ अचेट भयाे रे !
उनि बल्ल पुस्टैपुस्टा नालीबेलि अपडेट भयाे रे ,
भित्र भान्सामा के पकाए , पाकिरहेछ थाहैँ भएन !
एकएक एम सि सि र महाकालीकाे भेट भयाे रे ,
मुक्तक २)
चिरिच्याँट्ट परेर मधुसाला कहाँ हिडेकाे ?
चारैतिर पिलाउदै प्याला कहाँ हिडेकाे ?
काेसि ,तनकपुर ,महाकाली लिलाम् भैसक्याे!
अझै बेकेर खाेलानाला कहाँ हिडेकाे ?
मुक्तक ३)
जहाँ हिमाल हुदैन पहाद हुदैन मधेस हुदैन् ।
त्यहाँ दाैदिनलाई कुनै त्यस्ताे रेस हुदैन् ।
उ स्वार्थकाे लागि पातमा तैरिन तयार हुन्छ!
लेण्डुपकाे भुभाग हुदैन बस्नलाई देश हुदैन् ।
मुक्तक ४)
किन बारम्बार एकतमास भनिरहेछ ।
आफ्नाे स्वार्थमा काम गर्दै समाज भनिरहेछ ।
बचेराले जाेरजाेरले ताली पिट्दै थियाे !
उस्ले भने माघेर छाेप्छु लाज भनिरहेछ । –
तारामिलन छन्त्याल

