निलम गाँउले
बाल्टिमोर अमेरिका

सुर्कने सुरुक्कै
बैमानीले फुर्कायो फुरुक्कै, मै सोझो हुरुक्कै….आहा कति मिठो थेगो है ?

अमेरिकाको बाल्टिमोर शहरमा बसोबास गर्ने एक म्याग्देली युवा कलाकार तथा लोक गायक श्री अमृत रामदामले फेरी अर्कों सुनिरहु लाग्ने लोक दोहोरी गित लिएर नेपाली लोक सँगितको आकाशमा उदाएका छन । अमेरिकाको ब्यस्त जिवनशैलीमा रहेर पनि यसरी छोटो छोटो समयमा भिडियो सहितको गितहरु निकालीरहनु चानचुने कुरो हैन । अस्ति भर्खर मात्रै कहाँ भेटिएला जस्तो साह्रै मार्मिक गित निकालेका गायक रामदामले फेरी अर्कों मिठो लोक दोहोरी कोसेली पस्किन सफल भएका छन ।

यसरी बिदेशमा रहेर पनि नेपाली कला, सँस्कृती र सँगितलाइ माया गरि राख्न सफल युवा गायकलाइ सुर्योदय न्ुज अमेरिका धेरै धेरै धन्यबाद दिन चाहान्छ र भविष्यमा पनि यस्तै यस्तै सुन्दा मिठो लाग्ने लोक सँगितहरुको निर्माण हुने क्रम जारी नै रहोस भन्दै शुभ-कामना दिन चाहान्छौ ।

अमृतको सुर्कने सुरुक्कैको गित मात्र नभएर भिंडियों पनि उत्तिकै राम्रो बनेको छ । यस भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र सुनिल क्षेत्रीको दम्दार अभिनय रहेको छ भने सुनिता बुढ़ा क्षेत्री र अमृत रामदामको सुमधुर स्वर रहेको छ । अमृत रामदामको आफ्नै युट्युव च्यानलद्वरा सार्वजनिक गरिएको यो नयाँ गितले यो समाचार तयार पार्दै गर्दा लगभग १ लाख तिस हज़ार भ्युज पाइसकेको छ ।

मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गितको सर्जक र सँगित संयोजन सागर बिरहिले गरेका छन भने भिंडियों निर्दैशन सुनिल क्षेत्रीले गरेका छन । हामी आसा गरौ यो म्युजिक भिडियोले धेरै भन्दा धेरै श्रोता तथा दर्शकहरुको मन जित्न सफल होस, करोडको शुभ-कामना
भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला, धन्यबाद ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय