बैदेशिक रोजगारको शिलशिलामा श्रीमान् विदेश गएको बेला श्रीमती भने स्वदेशमा परपुरुषसंग अनैतिक सम्बन्ध राखेर घरवार बिग्रिरहेको बिभिन्न घटनाहरु हामीले सुन्दै, देख्दै र पढ्दै आइरहेका छौं | कतिपय त श्रीमान् साथमा हुदाहुदै परपुरुषसंग लागेर भाग्ने गरेको घटनाहरु समेत हामीले थाहा पाउदै आइरहेका छौं |

म्याग्दीको मालिका गाउपालिका १ निस्कोटको वाराही तालमा अवस्थित वस्तीमा पनि यस्तै घटना घटेको छ | निस्कोट घर बताउने वर्ष २२ का कुमार बिस्वकर्मा धन कमाउन घर छोडेर खाडी मुलुक गएको जम्मा ६ महिना बित्दानबित्दै उनकी श्रीमती पुजा (नाम परिवर्तित) परपुरुषसंग लागेर आफुलाई धोका दिएको बताएका छन् | पुजाको आफ्नै भतिज पर्नेसंग सम्बन्ध रहेपछि गर्भ रहन गएको र गर्भ तुहाउन खोज्दा अत्यधिक रक्तश्राव भएको कारण सासुससुरा सहित घरपरिवारले सोधखोज र केरकार गर्न थाले | पुजाले छिमेकी साइनोले भतिज पर्ने वर्ष २१ का प्रकाश रसाइलीसंग अबैध सम्बन्ध रहन गइ गर्भ रहेको र तुहाउन खोज्दा अत्यधिक रक्तश्राव भएको घरपरिवारलाई जानकारी दिएको उनकी सासुले बताएकी छिन |

प्रकाश भने अहिले साउदी पुगेका छन् | पुजाका श्रीमान् कुमार भन्छन, “आफ्नै मान्छेले मलाइ धोका दियो, घर परिवारको सपना पुरा गर्न खाडी आएको छु तर जिन्दगीमा यस्तो पनि भोग्न पर्दो रहेछ |”

पुजा भने अहिले आफ्नो ५ वर्षीय छोरालाई साथमा लिएर माइती गाउँ रुम गएकी छिन | घटना बाहिरिएपछी स्थानीय आमा समुहले प्रकाशलाइ सम्पर्कमा ल्याएर कुराकानी गरेपछि पुजालाई आफ्नो घरमा गएर बस्न भनेका छन् |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय