पर्वत जलजला २ र ३ मा अवस्थित वगरफाँटवासीले मङ्सिर ४ को चुनावलाइ वहिस्कार गरेका छन् । नेताहरुले वगरफाँटको निम्ति एउटा मोटरेवल पुलको आवस्यकता परिपूर्ति गर्न नसकेको भन्दै स्थानियहरुले आम भेला गरि चुनाव बहिस्कार गरेका हुन् ।
करीव १५ सय भोटर भएको वगरफातमा ८० प्रतिशत म्याग्देलीहरुको स्थाई बसोबास रहेको छ । आम भेलामा म्याग्दीका जनता समेत म्याग्दीमा भोट हाल्न नजाने भन्दै चुनाव बहिस्कार गरेका छन् ।
शनिवार गरिएको आम भेलाले तत्काल वगरफाँटवासीको यो समस्यालाइ लिखित रुपमा जुन दल वा पार्टीले सम्झौता मार्फत सम्बोधन गर्छ त्यहि पार्टी वा दललाई जिताउन वगरफाँटवासीले लिखित प्रतिबद्धता गरि हस्ताक्षर समेत गरेका छन् । भेलाले मोटरेवल पुललाई प्राथमिकतामा राख्दै हाइटेन्सन हटाउन र एक अस्थायी प्रहरी पोस्टको समेत माग गरेको छ ।
नेताहरुले वगरफाँटवासीलाई बलिको बोको बनाएको भन्दै आम भेलाले चुनाव वहिष्कार गरेको हो । वगरफाँटको टड्कारो समस्या भनेको एउटा मोटरेवल पुल रहेको छ । जिर्ण झोलुंगे पुलबाट आवतजावत, खाद्यान्न ओसारपसार तथा निर्माणका सामग्रीहरुको ओसारपसार गर्न वगरफाँटवासीहरुको बाध्यता बनेको छ । यो समस्या वगरफाँटवासीले भोग्न थालेको २ वर्ष बितिसक्यो । म्याग्दी बेनीको कालीपुल पारीको माटेपानीमा पहिरो गएपछि सडक पुरिएको थियो त्यसयता वगरफाँट सडक संजालबाट अलग रहेको छ ।








