निलम थापा अमेरिका
करिब दुइ दशक अगाड़ी अमेरिका आएका दल बहादुर बरुवाल अमेरिकाको न्युजर्सी राज्यको सोमरडेल भन्ने ठाँउमा स-परिवार बस्दै आएका थिए ।
नेपालमा म्याग्दी जिल्लाको अन्नपुर्ण गाँउ पालीका ६ घारमा जन्मनु भएका स्वर्गिय बरुवाल कामको खोजीमा अमेरिका आइपुगेका थिए । अमेरिका आएर उनले दुःख गर्दै अमेरिकन कागज पत्र बनाएर आफ्ना श्रीमती र दुइ छोराहरुलाइ पनि अमेरिका ल्याइ पुर्याएका थिए । छोराहरुलाइ हुर्काइ बढाइ ठुलो बनाएर जागिर खादैछन र घरमा छोराको बिहे गरिदिने पारिवारिक सल्लाहा पनि चलिरहेको थियो । तर डिसेम्वर ८ तारिक एक अकल्पनिय र अविश्वसनिय घटना घटेको छ । भनिन्छ दशा बाजा बजाएर आउदैन रे, यो सँधै अकस्मात र अकल्पनिय नै हुने गर्दछ ।
सँधैजसो डिसेम्वर आठका दिन पनि दल बरुवाल आफ्नो जागिरमा गएका थिए र साँझपख करिव सात बजेतिर काम सकिएर घर फर्किने क्रममा बाटो काट्दा गाडीले ठक्कर दिएर उनको देहसान भएको प्रहरीले जनाएको छ । दल बरुवालका भाई प्रदिप बरुवालका अनुसार उनको शव एक अस्पतालमा रहेको जानकारी प्राप्त भएको छ । परिवार तथा अन्य ईष्टमित्र तथा साथीभाई कसैलाइ पनि भेटन दिएको छैन । उनलाइ ठक्कर दिने गाडी र चालकको पनि अहिलेसम्म पत्ता लाग्न लाग्न नसकेको उनका भाई प्रदिप बरुवालले बताउनु भयो ।
वहाँलाइ चिन्नुहुने सम्पुर्ण परिवार ईष्टमित्र तथा साथीभाइहरु यतिबेला स्तब्ध भएको अवस्था छ । सँधै मिठो बोल्ने एकदमै सरल र मित्रवत ब्यवहार भएका स्वर्गिय दल बरुवाल जम्मा ५७ बर्ष पुग्नु भएको थियो । भगवानलाइ पनि राम्रो मान्छे चाहिन्छ रे भन्ने गरेको समाजमा सुनिन्थ्यो तर आज आएर दल बरुवालको यो अकल्पनिय स्वर्गवासले यहि कुरालाइ सार्थक बनाएको जस्तों महसुस भैरहेको छ । हामी आसा गरौ वहाँलाइ ठक्कर दिएर भाग्ने त्यो अपराधीलाइ त्यहाँको पुलिस प्रशासनले चाँडो भन्दा चाँडो पक्राउ गर्न सकोस ।
तपाई हामी जोसुकैले बाटो पार गर्नु छ भने कृपया एकदम सावधान अपनाएर सडक पार गर्ने कोशिस गरौ । स्वर्गिय दल बरुवाल ज्युको आत्माले स्वर्गमा बास होस, हार्दिक श्रद्दान्जली ! साथै शोकमा डुब्न बाध्य भएका वहाँका परिवारलाइ शक्ति र क्षमता उनै दयालु भगवानले प्रदान गरुन भन्दै समवेदना प्रकट गर्दछौ ।


