निलम गाँउले
बाल्टिमोर अमेरिका
रहरले होस या बाध्यताले, जन्मभुमी छोडेर बिदेशमा रहेता पनि नेपाली सँगितलाइ माया गरेर निरन्तर एक पछि अर्को साँगितीक कोसेली पस्किदै जान सफल थोरै कलाकारहरु मध्यका एक हुन लोक गायक अमृत रामदाम । गायक रामदाम बिगत दश बर्षदेखि अमेरिकाको बाल्टिमोर शहरलाइ आफ्नो कर्मथलो बनाउदै आएका एक होनहार युवा कलाकार हुन ।

बिदेशको बेफुर्सदिलो समयमा पनि आफ्नो जन्मभुमीको मायाको लागी सदैव समय मिलाएर साँगितीक कोसेली निर्माण गरिरहनु कम महत्त्वका कुरा हैनन । म्याग्दीमा जन्मिएर उतै हुर्केका रामदामले अमेरिका आए पनि तिनवटा जबर्दस्त साँगितीक कोसेलीहरु पस्कि सकेका छन र यि मध्य सबै भन्दा पछिल्लो कोसेलो हो “ कहाँ भेटिएला…” । सागर बिरहीको अत्यन्तै मार्मिक शब्द र सँगित रहेको यस लोक फ्लेवरको गितमा द भ्वइस अफ नेपाल कि जज तथा चर्चित गायिका प्रविशा अधिकारी र गायक अमृत रामदामको कर्णप्रिय स्वर रहेको छ ।
माया लाए तड्पिन पाए
किन दियौ कुनदिनको सजाय
कहाँ भेटिएला, ए मेरो मायालाइ कहाँ भेटिएला
वरै देख्न पाए एकचोटी झल्को मेटिएला….
गित मात्रै मार्मिक नभएर यसको श्रव्य ( भिडीयो ) पनि उत्तिकै मन छुने गरि निर्माण गरिएको छ । यस गितलाइ अमृत रामदामको आफ्नै युट्युव च्यानल Amrit Ramdam बाट सेप्टेम्वर ९, २०२२ मा सार्वजनिक गरिएको छ भने करिव १ लाखको हाराहारीमा भ्युज गैसकेको छ र अझ धेरै भन्दा धैरै श्रोताहरुको मन जित्न सफल हुने पक्का छ ।
गायक रामदाम त्यसो त उनि एक कुशल गायक मात्रै हैनन, नेपाली मौलिक पञ्चेबाजाका सबै बाजाहरु बजाउन उत्तिकै सिपालु छन भने सँगितका लागी बजाइने प्राय सबै बाध्यबादनका बाजाहरु बजाउन पनि उत्तिकै निपुर्ण छन । समग्रहमा भन्नु पर्दा गायक रामदाम एक बहुप्रतिभाशाली कलाकार हुन भन्दा फरक पर्दैन ।

अमृत सारँगी बजाउदै
कलाकार तथा गायक रामदामको अगुवाइमा बाल्टिमोरमा एक पन्चेबाजा समुह पनि गठन भएको छ र यस समुहले बिभिन्न पार्टी, भोज तथा शुभ–बिबाहहरुमा आफ्नो सेवा प्रस्तुत गरिसकेको छ । कलाकार रामदामका अनुसार न्युयोर्क, पेन्सलभेनिया, भर्जिनिया लगायतका शहरहरुमा आफ्नो पञ्चे बाजा सेवा प्रस्तुत गर्न सकिने बताउनु भएको छ । त्यसैले यदि तपाइले पनि बिबाह वर्तबन्धन तथा पार्टिहरुको आयोजना गर्दै हुनुहुन्छ र पञ्चेबाजा घन्काउन चाहानु हुन्छ भने उत्कृष्ट सेवाको लागी अमृत रामदामलाइ सम्झनु होला ।
साथै अमृत रामदामका साँगितीक गतिविधीहरु हेर्न चाहानु हुन्छ भने वहाँको युटयुव च्यानल (272) Amrit Ramdam – YouTube लाइ सब्क्राइब गरेर जोडिनु होला जस्ले गर्दा कलाकारलाइ अझ अरु साँगितीक कोसेलीहरु पस्किरहने हौसला मिल्ने छ । यति भन्दै कहाँ भेटिएला जस्ता उत्कृष्ट साँगितीक कोसेली पस्कन सफल हुनु भएकोमा गायक रामदाम र सम्पुर्ण टिमलाइ बधाई दिदै भविस्यमा पनि राम्रा राम्रा कोसेलीहरु पस्कदै जानुहोला भन्ने शुभ–कामना यो सुर्योदय न्युज दिन चाहान्छ ।
कहाँ भेटिएला गितको भिडियो लिँक तल राखिएको छ, कृपया एक पटक हेरेर लाइक, शेयर, सब्स्क्राइब गर्नुका साथै प्रतिकृया पनि राखिदिनु होला, धन्यबाद ।



