म्याग्दी, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला अधिवेशनले पुनः युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

शनिबार बेनीमा सम्पन्न अधिवेशनले उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर थापालाई सर्वसम्मत रूपमा चयन गरेको हो।

त्यसैगरी सदस्यहरूमा सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी, पूर्णबहादुर खत्री र कोपिला शाही मल्ल चयन हुनुभएको रास्वपा म्याग्दीका नेता सरोकुमार बानियाँले जानकारी दिनुभयो। नवनिर्वाचित सभापति रोका यसअघि पनि जिल्ला सभापतिको जिम्मेवारीमा रहनुभएको थियो।

अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका गण्डकी प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य राजन गौतम ले देशको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरणका लागि जनताले रास्वपालाई ठूलो विश्वासका साथ समर्थन गरेको बताउनुभयो।

उहाँले भ्रष्टाचार, बेथिति र विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्न जनताले दिएको मतको सम्मान गर्दै पार्टीले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

गौतमले भन्नुभयो, “गत फागुन २१ गतेको निर्वाचनमा जनताले परिवर्तनको पक्षमा मत दिएका हुन्। यदि हामीले राजनीतिक स्थिरता, सुशासन र भ्रष्टाचार नियन्त्रणमा अपेक्षित उपलब्धि हासिल गर्न सकेनौँ भने आगामी निर्वाचनमा जनताले फेरि अर्को विकल्प रोज्नेछन्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय