म्याग्दीको मालिका गाउपालिका २ रुमको गाल्डा भन्ने ठाउमा पहिरोले पुरिएर एकै परिवारको ५ जनाको मृत्यु भएको छ । रातभरको अविरल वर्षातका कारण घटना घटेको हो ।

स्थानीय घाम बहादुर बिक को ५ जनाको परिवार रातको समयमा सुतिरहेको अवस्थामा पहिरो आउदा उक्त घटना घटेको हो । बिक सहित उनकी श्रीमती दुइ छोरा र एक छोरीको घटनास्थलमा पहिरोले पुरिएर मृत्यु भएको त्यहाका स्थानीय याम बिकले सुर्योदय न्युजलाई जानकारी दिएका छन् ।

घाम बहादुर बिकको ८ खच्चड समेत पहिरोले पुरेको छ । स्थानियहरुले हालसम्म दुइ छोराहरुको सब बाहिर निकालेका छन् भने अन्यको खोजीकार्य गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय