निलम गाँउले
बाल्टिमोर अमेरिका

मन त थियो काखैमा आउने, हजुरलाइ पिर मोया पर्छ कि डर लाउने !
जिन्नकी, हाँसेरै बिताउथे जिन्नकी, करिमैले मोया दिन्न कि ?

करोडौ लोक सँगितप्रेमी नेपालीहरुको मन मुटुमा बस्न सफल चर्चित लोकदोहोरी सर्जक तथा गायक श्री भगवान भण्डारी यतिबेला फेरी अर्को जबर्जस्त लोक दोहोरी गितजिन्नकीहाँसेरै बिताउथे जिन्नकी करिमैले मोयाँ दिन्न कीभन्ने ठेगो रहेको गित तपाई हाम्रा लागी पस्कने जमर्कोमा हुनुहुन्छ । कोठी गालैमा भन्ने बोलको गितबाट आफ्नो साँगितीक यात्रा शुरु गरेका भण्डारीलाई किन मेरो गित श्रोताले रुचाएनन भनेर अहिले सम्म
पछी फर्केर हेर्न परेको छैन

चर्चित सर्जक तथा गायक भगवान भण्डारी बिचमा (महिलाहरु तर्फ ईँगित गर्दै)

उनले बाहिर ल्याएका गितहरुमध्य खैरेनीमा गेट, बनमा काँडा छ, फुलमा भमरा लगायत जस्ता थुप्रै लोकप्रिय गितहरु नेपालमा सृजना गर्नु भएको हो भने उनले बिदेशमा आएर पनि नेपाली लोक सँगितलाइ उत्तिकै माया गरिरहेकै छन । अमेरिकाको ब्यस्त जिवनमा पनि उनले  सान्नानीको पछ्यौरी, बत्ती मधुरो झ्यालैमा एैना जस्ता राम्रा र मौलिक दोहोरी गितहरु पस्कि सक्नु भएको छ भने अब जिन्नकी बोलको गित तपाई हाम्रा लागी ल्याउन भिडीयो शुटिँमा ब्यस्त छन ।

 
मोडलहरु माधवी र सृष्टी

हिजो मार्च २०, २०२२ को दिन बाल्टिमोरका नेपालीहरुद्वरा स्थापित हिन्दु बुद्द मन्दिरको प्राँगनमा उनको यो पछिल्लो गितको भिडियो शुटिँग भएको छ । पुरुषका दुइ अन्तरा र महिलाका दुइ अन्तरा गरि चार अन्तरा गितको शुटिँग हिजो सकिएको छ । सुन्दा साह्रै मौलिक र मिठो लाग्ने यो गित पनि प्रशस्त लोकगित प्रेमीहरुको मन मुटुमा बस्न सफल हुने छ भन्ने आसा यो लेखकले अनुमान लगाइसकेको छ ।
सुशिल र माधवी नृत्य अभिनय गर्दै

यस गितका रचना र लय सँकलन भगवान भण्डारी आफैले गरेका छन भने यसमा गित गाएर लक्ष्मी परिवारले उनलाई साथ दिएकी छिन । भगवान भण्डारीको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक हुने यस गितको भिडियो निर्माण तर्फ चर्चित मोडल शँकर विसीले निर्देशन गर्दैछन भने न्युयोर्कका चर्चित छाँयाकार शम्भु मोक्तानले छायाँकन गर्दैछन ।

निर्देशक सँकर वि.सी. र छाँयाकार शम्भू मोक्तान

यस गितमा अभिनय गर्ने कलाकारहरुमा पुरुष तर्फ भगवान भण्डारी, सुशिल पँगेनी र सँसार गौतम छन भने महिला तर्फ माधवी भण्डारी र सृष्टी खत्री रहेका छन ।

 

हामी आसा गरौ सर्जक तथा गायक भगवान जि ले ल्याउन लागेको यो गितले पनि उत्तिकै नेपाली मौलिकता बोकेको होस र यस गितले पनि आम दर्शक तथा श्रोताहरुको मन जित्न सफल होस । भविष्यमा पनि यस्तै यस्तै गितहरु सुन्न र भिडियोहरु हेर्न पाँउने छौ भन्ने आसाका साथ बधाई तथा शुभकामना ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय