सूर्योदय न्युज |

 

म्याग्दीको बेनीमा आइतवार मोटरसाइकल दुर्घटना भएको छ | प्रहरी र एक सर्वासाधणको मोटरसाइकल दुर्घटना भएको हो |

 

क्याम्पसचोकबाट हुलाकचोकतर्फ जाँदै गरेको बा २ ब ५८४६ नम्बरको प्रहरीको र हुलाकचोकबाट क्याम्पसचोक तर्फ जाँदै गरेको ग ८ प् ८८५१ नम्बरको मोटरसाइकल आपसमा जुधेर दुर्घरना भएको थियो |

 

घटनाको प्रत्यक्षदर्शी प्रमोद शर्माले दुइ मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको बताउनु भयो | प्रहरीको मोटरसाइकलमा दुइ जना सवार थिए | अर्को मोटरसाइकलमा भने हाडेभीरको ग्यारेजमा काम गरेर फर्कदै गरेका सोनाम खान थिए |

 

दुर्घटना हुँदा तीन जनालाई सामान्य चोटपटक लागेको छ | स्थानीयका अनुसार प्रहरीले मदिरा खाएको कारण गन्ध आएको बताएका छन् | साथै प्रहरीको मोटरसाइकल गलत साइडमा गएकोले दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई छ |

 

प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले सो दुर्घटना बारेमा अनुसन्धान भैरहेको बताउनु भएको छ | “प्रहरी कर्मचारीले गल्ति गरेको पुस्टि भएमा विभागीय कारवाही हुन्छ,” उहाले भन्नु भयो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय