दर्पण रोका,  सूर्योदय न्युज |

मङ्गला गाउपालिका ३ बरङ्जाका नव गायक बिकाश अनुरागिको लेकमा गोवान बोलको गीत बजारमा आएको छ | लोकदोहोरी गीत लेकमा गोबानामा नव गायक अनुरागी र टिका सानुले स्वर दिएका छन् |

 

घरको परिस्थितिले गर्दा ३ बर्ष कतारमा पसिना बेचेर फर्केका  बिकाशको गित गाउने रहर सानै देखि थियो | तर चरम गरीबी र आर्थिक समस्याकै कारण उनको सोंच पुरा हुन् सकेको थिएन | कतारबाट फर्किएपछी उनले आफ्नो रहर पुरा गर्न तल्लिन भए | पसिनाको मूल्य उनले आफ्नो सानैदेखिको एउटा भए पनि गीत निकालौं भन्ने रहरमा लगानी गरेका छन् | सांगीतिक दुनियाँमा सघर्ष गर्न निकै कठिन छ | र पनि उनले  आफ्नो मन भित्रको रहर पुरा गरेको बताउछन |

 

लोक संगित जस्ले समेत्छन आफ्नै परिवेश | गाउछन हामी भित्रको भाका, अनि  लेक बेशी शहर बजार जहा रहे पनि जहा भए पनि गित सबैले गुनगुनाउने गर्दछन | पछिल्लो समय लोक संगितमा लाग्ने संगितमै केहि गरौँ भन्नेहरुको  लर्को उस्तै छ | यसै वीच अहिले बजारमा लेकमा गोवान  बोलको नयाँ गीतले कति माहोल लिन सक्ला सवालको बिषय बनेको छ | म्युजिक भिडियो बजारमा आएको छ भिडियो निकै उत्कृस्ट छ | जो कोहीलाई मन पर्ने, गीतको भाका  र लय सरल छ | त्यसैले पनि होला अनुरागीले यो गीतले सबैको मन छुने आसा गरेका छन् |

 

टिका सानु युटुब च्यानल बाट सार्बजनिक भएको उक्त गितमा स्वर बिकाश अनुरागी र टिका सानुको रहेको छ  शब्द भने  सज्जन बोहोराको रहेको छ | लय बिकाश अनुरागीकै रहेको  गीतको  एरेन्ज आकाश नेपालीले गरेका हुन् भने गीतको  मोडलमा करिश्मा ढकाल, दिप सागर, टिका सानु, र बिकाश अनुरागी रहेका छन | यो गित 1DB रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको छ |

भिडियो

 

(48) लेकमा गोबान Lekama Goban By Tika Sanu & Bikash Anuragi | Karishma Dhakal & Deep |New Lok Dohori Song – YouTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय