निलम गाँउले,
बाल्टिमोर अमेरिका
सुन फल्छ नि साँइलो दाइ यै माटो चलाए
किन जानु साँइलो दाइ हङकङ र मलाय !
हो साँच्ची नै यस्ता थुप्रै कर्णप्रिय तथा मन छुने लोकगितहरु गाएर सँधै लोक पारखीहरुको मन जित्न सफल सर्वकालिन महान लोक गायिका बिमा कुमारी दुरा यतिखेर अमेरिका आइपुगेकी छिन । फुल्यो निमपत्ता, सत्यवती ताल, लाइछु माया, माझीदाइ पोखरा फेवातालको,जम्मु कस्मिरमा र भरिया दाइले बिसाउने भारी जस्ता जनजिव्रोमा झुञ्डिन सफल हजारौ लोक तथा दोहोरी गितहरु गाएर लोक सँगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुन यिनै बिमा कुमारी दुरा ।

सर्वकालीन लोक गायिका बिमा कुमारी दुरा
हो यिनै सर्वकालीन महान गायिका बिमाकुमारी दुरा अमेरिकामा आएकी मौकालाइ छोपेर अर्की चर्चित लोक तथा दोहोरी गायिका सिर्जना बिरही थापाले बिमाकुमारी दुराको सम्मानको लागी भनेर “बिमा कुमारी दुरा सम्मान साँझ–२०२२” कार्यक्रमको आयोजना गर्नु हुने भएको छ र उक्त सम्मान कार्यक्रम नै बिमा कुमारी दुराको अमेरिकामा पहिलो कार्यक्रम हुने छ । कार्यक्रममा थुप्रै अन्य लोक तथा दोहोरी गायक गायिकाको पनि प्रस्तुती रहने कुरा कार्यक्रम सँयोजक सिर्जना बिरही थापाले बताउनु भएकी छिन । कार्यक्रमको सञ्चालनमा अर्का चर्चित गायक तथा कुशल कार्यक्रम प्रस्तोता राजन ठकुरी ज्यु हुनुहुन्छ ।

“नेपाल र नेपालीको शान, कला सँस्कृति हाम्रो पहिचान” नारा दिइएको यस कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको कुरा कार्यक्रम सँयोजक सिर्जना बिरही थापा ले बताउनु भएकी छिन । साथै वहाँले यस कार्क्रमलाइ भव्यताका साथ सफल पार्न आर्थिक र भौतिक रुपमा साथ र सहयोग गर्नु हुने सम्पुर्ण महान साहयोगी ब्यक्तिहरुलाइ ह्रदय देखि धन्यबाद दिएकी छिन भने भविष्यमा पनि यस्तै नेपाली कला र सँस्कृति जोगाउने कार्यक्रमहरुलाइ दिल खोलेर सहयोग गर्नु हुनेछ भन्ने आसा पनि राखेकी छिन । आफ्नै जन्मभुमीको डाँडा पाखा पखेरो, देउराली भन्याङ उकाली ओराली र चौतारीको सुगन्ध बोकेको यस कार्यक्रममा उपस्थित भै सर्वकालीन महान गायिका बिमा कुमारी दुरा ज्युको गित सुनेर कैले नाचौ, कैले हाँसौ र कैले भाव विब्हल होऔ भनेर सबै बाल्टिमोरबासी नेपालीहरुलाइ आव्हान पनि गर्नु भएको छ ।
कार्यक्रम हुने मिती: २६ जुन २०२२ ( आइतवार )
समय: साँझको ७ बजेदेखि मध्यरातको १२ बजे सम्म

कार्यक्रम हुने स्थान: 1909 Old Eastern Ave, Essex MD 21221 ( Commodore Event Hall )
अन्तमा यो कार्यक्रम भव्यताका साथ सफल होस भन्ने शुभ–कामना सहित भोली साँझ उतै कार्यक्रम स्थलतिर भेटौला भन्दै यो सुर्योदय न्युजको सम्पादक पनि बिदा हुन चाहान्छ, धन्यबाद ।


