निलम गाँउले
बाल्टिमोर अमेरिका
बाल्टिमोर शहरमा सक्रिय रुपमा क़ृयाशिल सँघसँस्थाहरु मध्य एक कास्की समाज अमेरिकाले आफ्नो छैँठौ अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ । गत जुन १९ तारीख २०२२ आइवारको दिन कास्की समाज अमेरिकाको निवर्तमान अधक्ष्य श्री कुल प्रसाद गुरुङ्गको अधक्ष्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको खबर नेत्र के.सी. ज्युले सुर्योदय न्युजलाइ जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रम को प्रमुख अतिथीमा रहनु भएकी एन आर एन ए आई सी सी की अध्यक्ष श्रीमती रबिना थापा ज्युले उद्दघाटन गर्नु भएको कार्यक्रममा बिषेश अतिथीमा एन आर एन ए अमेरीकाका बरिष्ठ उपाध्यक्ष श्री कृष्णजीबी पन्थ र अतिथी हरुमा कास्की समाज अमेरिकाका संस्थापक श्री नारायण थापा, नासो कम्युनिटी अमेरीकाका अधक्ष्य श्री राजेन्द्र सेन्चुरी, ,जनसम्पर्क समिती अमेरिकाका मेरिल्याण्डका महासचिब श्री नेत्र के.सी, एन आर एन ए मेरिल्याण्ड का सभापती श्री राजु पराजुली , गुरुङ समाजका अधक्ष्य श्री दिनेश गुरुङ, बाना का अध्यक्ष श्री शुबोध बिलास पन्थ साथै म्याग्दी समाज अमेरीकाको उपाधक्ष्य श्री भिम के सी, गोर्खा समाज तथा साथी बाल्टीमोर का रमेश भट्ट नेपाली छोरो, पर्बत समाजका अधक्ष्य श्री धन प्रसाद गुरुङ लगाएतका अतिथीहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । साथै कार्यक्रममा बानाका सल्लाहाकार श्री जितेन्द्र गुरुङ, कास्की समाजका सल्लाहकारहरु, कार्यसमितीका सदस्यहरु, आजिबन सदस्यहरु र साधरण सदस्यहरुको सहभागीता रहेको थियो।
कार्यक्रममा संस्थाका उपाधक्ष्य श्री भरत बराईलीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने संस्थाका कोषाधक्ष्य श्री भरत थाापा ले आर्थिक प्रतिवेदन पढेर सुनाउनु भएको थियो । यसै साधरण सभाले संस्थाको विधानमा केहि संम्शोधन गरेको छ । जसमा संस्थाको कार्यसमिती भित्र जानको लागी सस्थाको आजिवन सदस्य हुनुपर्ने, यसपाली देखी संस्थामा महिला उपाध्क्ष्य को पनी ब्यबस्था गरेको छ । त्यस्तै युवा संयोजक, महिला संयोजक खेलकुद संयोजकको पनी ब्यबस्था गरेको छ ।
यस अधिवेशनले भरत बराइली को अधक्ष्यतामा नयाँ कार्यसमितीको चयन गरेको छ ।

अधक्ष्य – भरत बराईली, उपाधक्ष्य – मदन सुबेदी, उपाधक्ष्य – भरत थापा, महिला उपाधक्ष्य – बिष्णु अधिकारी, महासचिब – रमेश श्रेष्ठ, सचिब -तेज खड्का, कोषाधक्ष्य – श्याम कटिला, सह कोषाधक्ष्य – सानो भरत थापा (सराङकोटे कान्छो) हुनुहुन्छ भने सदस्यहरुमा राजकुमारी गुरुङ, लक्ष्मी के सी, ईश्वरी ढकाल, वसन्त वस्नेत, रसिक सिक्देल, विकल पण्डीत र ध्रुर्ब सुनार रहनु भएको छ । साथै खेलकुद संयोजकमा सुवास सुनार, युवा संयोजकमा विस्वास वराल, महिला संयोजकमा सनम थापा रहनु भएको छ । नव निर्वाचित सम्पुर्ण कार्यसमिती तथा पदाधिकारीहरुलाई हार्दिक बधाईका साथै सफल कार्यकालको हार्दिक शुभकामना ।


