निलम गाँउले
बाल्टिमोर अमेरिका

पत्रकार तथा गितकार सतिश चापागाइ
अमेरिकाको बाल्टिमोर शहरमा लामो समयदेखी बसोबास गर्दै आउनु भएका बहुप्रतिभाशाली पत्रकार श्री सतिश चापागाइको रचना रहेको आधुनिक गितफुटेको छु शीशा जस्तैगितको भिडीयो भर्खरै मात्र सार्वजनिक भएको छ । अत्यन्तै सरल र मृदुभाषी चापागाइ गितकार तथा पत्रकार मात्रै हैनन, उनि एक कुशल कार्यक्रम सञ्चालक पनि हुन, अनि मिठा मिठा कविताहरु सृजना गर्न सक्ने एक सक्षम कवि पनि हुन । उनले सृजना गरेका कविताहरु धेरै साहित्यनुरागीहरुले मन पराउनु भएको छ । करिव दुइ वर्ष अगाडी उनैले लेखेको पहिलो साँगितीकि कोसेलीतिम्रो मन कोमलगितको म्युजिक भिडियोमा चापागाइले पनि अभिनय गर्नु भएको छ त्यसैले वहाँलाइ एक कलाकार भनेर पनि चिन्न सकिन्छ ।

गितकार चापागाइ एक साहित्य कार्यक्रम सन्चालन गर्दै

“फुटेको छु शिशा जस्तै कसलाइ के था छ, मन सँगै मन छुट्यो बरै मनमै ब्यथा छ  स्थाइ रहेको यस गितमा गितकार चापागाइले अत्यन्तै सरल र मार्मिक शब्दहरुको सँयोजन गरेर अन्तराको निर्माण गरेका छन । यस गितमा बिना कारण प्रेमिकाबाट आफुमाथी भएको अन्याय र सजायको भावलाइ गितकारले राम्रोसँग उतार्नु भएको छ ।
चर्चित सँगितकार राजन राज शिवाकोटीको सँगित सँयोजन रहेको यस गितमा अर्का ख्यातीप्राप्त गायक राम कृ्ष्ण ढकालको स्वर रहेको छ । गायक रामकृष्ण ढकालको युट्युव च्यानलबाट सार्वजिनक भएको यस गितको भिडियोमा भने  रामकृष्ण ढकालको मात्रै अभिनय देख्न सक्नु हुने छ । गायक रामकृष्ण ढकाल र गितकार सतिश चापागाइको गित सँगित निर्माणमा यो दोश्रो सहकार्य हो । यहाँहरुबाट भविष्यमा पनि यस्तै राम्रा राम्रा गित सँगितहरुको जन्म हुदै जावस भन्दै सुर्योदय न्युज हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।

गायक ढकाल तथा गितकार चापागाइ

गितको भिदियो हेर्नुहोस !

https://youtu.be/GfIWJg1Fr0s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय