सूर्योदय न्युज | बादल शाही |
अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टरको उमेद्वार बनेका निलम कुमार थापा भन्छन, “म एनआरएनएमा सुधार गर्न आएको हुँ।” एनआरएनए भित्र बिकृति छ भन्ने सुनेका निलमलाई यो समस्या समाधान गर्ने ठाउँ भनेको संस्थाको कार्यसमिति नै हो भन्ने ठहर छ। त्यसैले उनि भन्छन, ” यदि समस्या वा बिकृति छ भने म त्यही गएर समाधान गर्छु भन्ने लाग्यो। फोहोर सफा गर्न फोहोर मै हात हाल्नुपर्छ।” निलमले सूर्योदयलाई बताए ।
निलम अमेरिका आएको लामो समय भयो । यो बीचमा निलमले धेरै दुखको सामना गरे अनि त दुख र सुखको अनुभव गरेको उनि बताउछन । त्यही अनुभवको जगमा निलमले अमेरिकाको नेपाली समुदायमा र मातृभूमी नेपालमा अनेक सामाजिक सेवाका क्रियाकलाप गरि नै रहेका छन् । कहिले व्यक्तिगत रुपमा र कहिले सामाजिक संघ संस्थाको नाममा निलम सक्रिय रहिरहेका छन् । मेरिल्याण्डको नेपाली समुदायमा उनी ‘सिम्पल अनि बेष्ट’ मानिसका रुपमा परिचित छन् ।
कालीगण्डकी ईन्टरटेनमेन्टबाट शुरु भएको निलमको सामाजिक यात्रा साहित्यिक हुँदै लाँघाली एशोसियशन अमेरिकाको उपाध्यक्ष हुदै कायम मुकायम अध्यक्षसम्म भए । हाल उनी मगर सँघ अमेरिकाको सल्लाहकार र आजिवन सदस्य समेत रहेका छन् ।
२०१३ मा यस बाल्टिमोरमा बसाई सराई गरेदेखि नै म्याग्दी समाज अमेरिकाको साधारण सदस्य हुदै २०१७/२०१९ कार्यकालको लागी महासचिव भएर काम गरेका निलम हाल मगर सँघ अमेरिका र म्याग्दी समाज अमेरिकाको मिडिया सँयोजकको जिम्मेवारीमा पनि सक्रिय छन् । उसो त उनि व्यक्तिगत रुपमा मिडिया संचालनको सपना समेत देखिरहेका छन् |
“नेपाल अनि अमेरिकामा भैपरि आउदा होस या बाढीपहिरो आउदा होस या दुखी गरिबहरुको उपचार खर्चमा होस त्यसमा आर्थिक र नैतिक हिसावले सदैव सहयोग गर्दै पनि आएको छु । आफुले दिन सक्ने क्षमता रहेसम्म सबैलाई सहयोग गर्ने मेरो प्रतिबद्दताबाट कहिल्यै पछि हट्ने छैन ।” निलमले आफ्नो उमेद्वारीका क्रममा सार्बजनिक गरेको प्रतिबद्दतामा उल्लेख छ।
“संस्थाभित्र राजनीति भयो भनेर सबैले भनेको सुनेको छु तर युवाहरु आफै गएर आवाज दिन सकेको कमै देखेको छु । म दल उपदल, गुट र उपगुटको बिरोध गर्न जान खोजेको हुँ । म स्वच्छ समाजसेवा र नेपालीहरु एक बनाउने यात्रामा एनआरएनएलाई डोर्याउनु पर्छ भनेर उमेद्वार बनेको हुँ ।” निलमले भने, “यो पबित्र उद्देश्यमा बुद्धिजीवी सबै एनआरएनए सदस्यहरुको साथ समर्थन रहने छ र एक मत प्राप्त गर्नेछु।”
निलमले उमेदवारीका क्रममा सार्बजनिक गरेको प्रतिबद्दता यसप्रकार छ :
अमेरिकावासी सम्पुर्ण नेपाली बन्धुहरुमा हार्दिक नमस्ते ।
सन २००० ताका देखि नै मेरो नेपाली समाज प्रतिको लगाव र सँलग्नता रहदै आएको कुरा मलाई नजिकबाट चिन्ने साथीभाईहरुलाई छर्लङ्ग थाहा छ । शुरुमा कालीगण्डकी ईन्टर्टेन्मेण्टबाट शुरु भएको मेरो सामाजीक यात्रा त्यसपछि INLS ( अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ) को सदस्य हुदै अगाडी बढेको थियो । वाशिँटन डि.सी. वरिपरी रहेको बिभिन्न नेपाली सँघ सँस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुमा सामाजीक हिसावले होस, खेलकुद होस या साँसकृतिक हिसावले होस, सधै उपस्थित जनाउदै आएको थिए । त्यसपछि म लाँघाली एशोसियशन अमेरिकाको उपाधक्ष्य हुदै कायम मुकायम अधक्ष्य भएको थिए । हाल म यस मगर सँघ अमेरिकाको सल्लाहाकार र आजिवन सदस्य पनि रहेको छु ।
नेपाल अनि अमेरिकामा भैपरि आउदा होस या बाढीपहिरो आउदा होस या दुखी गरिबहरुको उपचार खर्चमा होस त्यसमा आर्थिक र नैतिक हिसावले सदैव सहयोग गर्दै पनि आएको छु र आफुले दिन सक्ने क्षमता रहदै सम्म सबैलाई सहयोग गर्ने मेरो प्रतिबद्धता अनुसार म कहिल्यै पछि हट्ने छैन ।
अहिले मेरो बसाई बाल्टिमोर शहरमा छ जहाँ नेपालीहरुको बाक्लो बस्ति र दर्जनौ सँघ सँस्थाहरु छन । प्राय य़ि सबै सँघ सँस्थाहरुले आयोजना गर्ने सबै कार्यक्रमहरुमा समयले भ्याएसम्म उपस्थिती जनाए कै छु । २०१३ मा यस शहरमा बसाई सराई गरेदेखि नै म्याग्दी समाज अमेरिकाको साधारण सदस्य हुदै २०१७/२०१९ कार्यकालको लागी महासचिव भएर काम गरेको छु । साथै मगर सँघ अमेरिकाले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा आयोजक भै थुप्रै सामाजीक कामहरु गर्दै आएको छु । हाल म मगर सँघ अमेरिका र म्याग्दी समाज अमेरिकाको मेडिया सँयोजक रहेर काम गर्दै आएको छु र मेरो सामाजिक काम पदमा रहे पनि नरहे पनि निरन्तर चलि नै रहने छ भन्न चाहान्छु ।
त्यसैले यि मेरा दुई दशक लामो समाजिक कामको अनुभवहरु लिएर यस नेपालीको गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले आव्हान गरेको चुनावमा Board of Directors पदको लागी उमेद्वारी मनोनयन दर्ता गराएको छु । मेरो यस मनोनयन दर्ता प्रक्रियालाई अत्यन्त सहज र सजिलो तरिकाले सहयोग गर्नु हुनु हुनेमा मेरो नाम प्रस्तावक मगर सँघ अमेरिकाका वर्तमान अध्क्ष्य श्री कुल बहादुर राना मगर ज्यु र यस प्रस्तावलाई समर्थन जनाईदिनु हुने भाई तथा मगर सँघ अमेरिका DMV शाखाका अध्क्षय श्री ललित तिलिजा मगर ज्यु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।
मलाई आसा छ सम्पुर्ण अमेरिकावासी नेपाली दाजु-भाई तथा दिदी-बैनीहरु, सम्पुर्ण मगर लाफहारु र सम्पुर्ण म्याग्देली साथीहरुले मेरो उमेद्वारीलाई मध्यनजर राख्दै यस चुनावमा आफ्नो अमुल्य भोट दिई मलाई NRNA NCC USA मा पुर्याउनु हुने छ र मैले थुप्रै अरु समाज सेवा गर्ने मौका पाउने छु ।अनि यो NRNA USA लाई तपाईको मात्रै हैन मेरो मात्रै हैन सबैको NRNA बनाउन महत्त्वपुर्ण भुमिका खेल्ने छु भनेर विश्वास दिलाउन चाहान्छु । साथै मेरा हरेक घरायसी होस या सामाजिक कार्यहरुमा काँधमा काँध मिलाएर साथ सहयोग र हौसला दिई रहने मेरी अर्धाङ्गिनी सितल पुन प्रति सँधै कृतज्ञता प्रकट गर्न चाहान्छु ।
सबैको हरेक क्षण शुभ रहोस ।

