पर्वतको जलजला गाउपालिका ४ मिलनचोकका १३०  जना महिलाहरु एक संस्थाबाट ठगिएका छन् । दलित महिला उत्थान केन्द्र नामको संस्थाले महिलाहरुलाई ठगेको हो ।

 

मिलनचोकका १३० महिलाहरुबाट प्रतिव्यक्ति रु १ हजार रुपैयाको दरले रु १ लाख ३० हजार रुपैया उठाएर उक्त संस्था सम्पर्कबिहीन भएको महिलाहरुको गुनासो छ । संस्थाको रसिद लिए बापत प्रति रसिद वरावर २० ओटा कुखुराको चल्ला, ५ किलो दाना र कुखुराको लागि आवस्यक भाँडा उपलब्ध  गराउने आस्वासन संस्थाले दिएपनि दुइ वर्ष बित्न लाग्दा समेत संस्था सम्पर्कमा नआउदा आफुहरु ठगिएको पिडित महिला थममाया दर्जीले बताइन । आफु सहित देउरानीले कुखुरा, दाना र बाख्रा पाउने कुराले खुसि हुदै २ हजार रुपैया दिएको वर्षदिन बिते पनि संस्था सम्पर्कमा नआउदा प्रलोभनमा परेर आफुहरु ठगिएको  सिता परियारले बताइन । जिल्लाको प्राय गाउहरुमा सस्थाले पैसा उठाएको र सम्पर्क बिहिन भएको साथै आफुहरुले समेत ६ महिनादेखि तलव नपाएको सस्थाको एक कर्मचारीले सुर्योदय न्युजलाई बताएका छन् ।

 

“बिभिन्न प्रलोभनमा दलित महिलाहरुलाई पारेर पैसा उठाउदै गायब हुदै गरिरहेको सस्थालाई खोजी गरेर कानुनी दायरामा ल्याउनुपर्छ । आज म जिल्ला प्रसासन कार्यालय पर्वत गएर यस बिसयमा कुरा राख्छु ।”  दलित नेता तथा अभियान्ता दुर्गा परियारले सुर्योदय न्युजलाई जानकारी गराएका छन् ।

 

भिडियो : https://www.youtube.com/watch?v=lfDpcCKHonM&t=833s

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय