बादल शाही |

म्याग्दीको मालिका गाउपालिका २ रुमको गाल्डा भन्ने ठाउमा पहिरोले पुरिएर एकै परिवारको ५ जनाको मृत्यु भएको छ । मृत पाँचै जनाको सव स्थानीयहरुले सकल गरिसकेका छन् ।

स्थानीय घाम बहादुर बिक को ५ जनाको परिवार सुतिरहेको अवस्थामा आज बिहान ५ बजे पहिरो आउदा उक्त घटना घटेको हो । बिक सहित उनकी श्रीमती दुइ छोरा र एक छोरीको घटनास्थलमा पहिरोले पुरिएर मृत्यु भएको त्यहाका स्थानीय याम बिकले सुर्योदय न्युजलाई जानकारी दिएका छन् ।

स्थानीय बिकका अनुसार मृत घाम बहादुर बिकको दुई छोराहरु नवीन बिक र राजेन्द्र बिकको सव पहिला निकालिएको थियो । अहिले भने घामबहादुरकी श्रीमती रामु बिक, छोरी रोजी बिक र घरमुली घामबहादुर बिकको सवलाई पहिरोबाट निकालिएको जानकारी प्राप्त भएको छ । पहिरोबाट पाँचै जनाको सव निकालिसकेपछी मात्रै प्रहरी घटनास्थलमा पुगेको स्थानीयहरुले बताएका छन ।

पहिरोले अर्का स्थानीयको एक घरलाई समेत क्षति पुराउदा दुई जना घाइते भएका छन । गोठमा बाँधेर राखेको भैंसी समेत पहिरोले बगाएको छ भने घाम बहादुर बिकको ८ खच्चड समेत पहिरोले पुरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय