बाढी पहिरोका कारण रुममा एकै परिवारको ५ जनाले ज्यान गुमाएको घटनाप्रति गहिरो समवेदनाका साथ् नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति म्याग्दीले प्रेस विज्ञप्ति जारी गरेको छ | गएराती भिषण वर्षातका कारण म्याग्दीको मालिका गाउपालिका २ रुममा बाढी पहिरोका कारण स्थानीय घाम बहादुर बिक सहित ५ जनाको परिवारको निधन भएको हो |
विज्ञप्तीमा मृतकहरुप्रति श्रद्धाञ्जली प्रकट गर्नुको साथै पहिरोको कारण घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ | मृतकको परिवारलाई उचित राहतको व्यवस्था तथा घाइतेहरुको निशुल्क र प्रभावकारी उपचारको माग विज्ञप्तिमा गरिएको छ | साथै राज्यको कमजोर अवस्थालाई इगित गर्दै प्रभावकारी उद्वार र राहतको निम्ति सिगो पार्टीलाई निर्देशन दिइएको प्रेस विज्ञप्तिमा सेक्रेटरी उषा मगरको हस्ताक्षर रहेको छ |

