आगामी मंसिर ४ गते हुन गइरहेको संसदीय निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) बाट नेकपा माओवादीको तर्फबाट अर्जुन थापा सिफारिस भएका छन् ।
माओवादी केन्द्र म्याग्दीले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेद्धारका लागि विद्यार्थी नेता अर्जुन थापा सहित अन्य १६ जनाको नाम सिफारिस गरेको हो ।

प्रदेशसभा क्षेत्र (ख) बाटै चन्द्रबहादुर बुढाथोकी र रेशम जुग्जालीको नाम पनि सिफारिस भएको छ । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा समानुपातिक तर्फ गौरी सेञ्चुरी, टेकबहादुर विक, सुकमाया रोका र यमन रोका सिफारिस भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेल, केन्द्रीय सल्लाहकार तथा पूर्वजिल्ला अध्यक्ष चन्द्रबहादुर घिमिरे र प्रदेश कमिटी सदस्य खुमनाथ सुवेदीको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा समानुपातिकमा कृष्णबहादर थापा र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा।मिनबहादुर श्रेष्ठ सिफारिस भएका छन् । यस्तै प्रदेशसभाको क्षेत्र (क) बाट धनलाल जैसी र हरी भण्डारीको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ बागबिर पाइजा र राजकुमारी परियार सिफारिस पनि भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय