अछाम /गए राति परेको अबिरल वर्षातका कारण अछामका विभिन्न ठाउँहरूमा आएको पहिरोमा परी १० जनाको ज्यान गएको छ। जिल्लाको तुर्माखाँद गाउँपालिका ५ स्थित कडाचौरमा बिहान चार बजे माथी डाँडा बाट खसेको पहिरोले तिन घर पुर्ण रुपमा क्षति भई घरमा रहेको लाखौं बराबरको धनमाल पशु चौपाया नष्ट हुनुका साथै ९ जनाको ज्यान गएको छ ।

पहिरोका परी नेत्र बहादुर शाही का श्रीमती छोरी लगायतका तिन जना, रित ब शाही का बुहारी छोरा र नातिनी लगायत ५ जनाको ज्यान गएको हो त्यस्तै सोही ठाउँका मिन बहादुर शाहको समेत ज्यान गएको छ। क्षतिको यकिन विवरण आउन बाँकी नै छ भने स्थानीय द्धार उद्धारको काम भैरहेको निरक बहादुर शाहीले जानकारी गराएका छन् ।

यस्तै ढकारी गाउँपालिका वडा नं ६ पनि पहिरो ले घर पुर्दा एक बालकको ज्यान गएको छ। साथै एक जना घाइते भएका छन्। त्यस्तै गरी कमलबजार नगरपालिका वडा नं ६ पनि पहिरोले दुई घरमा क्षति पुगेको र पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ तोलीमा एक घरमा क्षति पुगेको छ। जिल्ला भरको क्षतिको एकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

स्रोत : युग प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय