अक्सिजनको मूल्य र यसको महत्वलाई दर्साउदै पछिल्लो केही दिन यता एउटा छोटो लेख सामाजिक संजालमा निकै भाइरल भएको छ । प्रकृति र अक्सिजनको महत्त्वलाई दर्साउने उक्त्त छोटो लेख यस्तो छ ;
एउटा व्यक्तीलाई प्रत्येक दिन करिब ३ अक्सिजन सिलिन्डर बराबरको अक्सीजन चाहिदो रहेछ । सामान्य बजार मुल्यमा हिसाब गर्ने हो भने प्रत्ती सिलिन्डर १२ सयका दरले दैनिक ३६००/- रुपैया बराबर पर्न जान्छ । अब एक जना व्यक्तिले एक दिनको लागि ३६००/- खर्च गण पर्ने हुन्छ ।
वार्षिक रुपमा १३ लाख १४ हजारको अक्सिजन प्रयोग गरिन्छ भने सरदर उमेर ६५ वर्ष राख्दा जीवन भरिमा ८ करोड ५१ लाख हुन जान्छ । हामीले रुख विरुवाबाट सित्तैमा पाएको अक्सीजनको मुल्य ८ करोड ५१ लाख हुन् आयो । अब भन्नुस, त्यसको बदलामा हामीले के दियौं प्रकृतिलाई ?? त्यसैले अब तपाई हामीले रुख र प्रकृति जोगाउन रुख रोपौँ ।
सामाजिक संजालबाट साभार

