बेनी : मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका म्याग्दीका नेत्रविक्रम चन्द (विप्लव सि) का चारजना नेता तथा कार्यकर्ताहरु रिहाइ भएका छन् । प्रहरीले बुधबार पक्राउ गरि निसर्त रिहाइ गरेको हो ।
बेनपा ७ मा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परि रिहाइ भएका नेकपाका उषा सी, नविन सि, रोहित सि र विशाल सन्यासी सी रहेका छन् । “अक्षेरदेखि डराएका संसदीय व्यवस्थाका मतियारहरुले पक्राउ गरेका थिए, अहिले हामी निसर्त रिहाइ भएका छौं । दलाल संसदीय चुनाव खारेजीको निम्ति हाम्रा अन्य कार्यक्रमहरु पनि छन्, शृंखलावद्ध हिसाबले अघि बढ्नेछ ।“ म्याग्दीकी जिल्ला सेक्रेटरी उषा मगरले जानकारी दिनु भयो ।





