निलम गाउँले,
बाल्टिमोर अमेरिका
बाल्टिमोर तथा यसका वरपर छरिएर रहेका तमुहरुले आज नेपालीहरुद्वरा स्थापित हिन्दु बुद्द मन्दिरको बौद्द गुम्बामा भेला भै बौद्द धर्म अनुसार लामा गुरुहरु द्वरा पुजा गरी बिरालो बर्गलाइ स्वागत गरेको छ भने सिंह बर्गलाइ बिदाइ गर्दै आफ्नो महान चाड ल्होसार मनाएको छ । बाल्टिमोरका एक चिर परिचित तथा सामाजिक ब्यक्तित्व श्री कुल प्रसाद गुरुँग ज्युको अगुवाइमा यो ल्होसारको पुजा आजा कार्यक्रम सम्पन्न भएको छ । गुरुगँका अनुसार गुरुगँहरुको बाह्रवटा बर्गहरु हुन्छन र हरेक बर्षको पौष पन्ध्रमा यो वर्ग फेरिने गर्छ र यसैलाइ नयाँ बर्ष मान्ने चलन छ र यस बर्ष बिरालो बर्ग परेको छ ।

कार्यक्रममा उल्लेख्यरुपमा तमुहरुको उपस्थिती रहेको थियो भने मन्दिर स्थापाना गर्नमा ठुलो भुमिका बिर्वाह गर्नु हुने ब्यक्तित्वहरु डा. श्याम कार्की, क्रिष घिमिरे, तरुण पौडेल दिनेश सुवेदी र केशव आचार्य ज्युको पनि उपस्थिती रहेको थियो ।

यसै क्रममा दिवस गुरुगँ हिन्दु बुद्द मन्दिरको ट्रष्टी बन्नु भएको थियो भने कुल गुरुगँ ज्युले केहि महिना अगाड़ी मात्रै स्वर्गबास हुनु भएका आफ्ना ससुरा ज्युको नाममा मन्दिरलाइ केहि दक्षिणा प्रदान गर्नु भएको थियो ।

यसरी आज यस कार्यक्रममा उपस्थित भै ल्होसार पुजा सम्पन्न गर्नमा ठुलो मद्दत पुर्याउनुहुने सबै सबैमा कुल गुरुगँ ज्युले धन्यबाद दिनुका साथै सबैलाइ हि-ल्हो ल्होसारको शुभ-कामना दिनु भएको थियो । साथै ल्होसारको सांस्कृतिक कार्यक्रम पनि यहि जनवरी ७ तारिक हुने जानकारी दिनु भ
एको थियो । सम्पुर्ण बिबरणको लागी तलको कार्यक्रम फ्लायरमा हेर्नु होला ।


