सूर्योदय न्युज, बादल शाही |

 

 

म्याग्दीको मालिका गाउँ पालिका ६ दर्वाङमा ढिला गरि विद्यालयको खेल मैदान र बजार  संरक्षणको काम सुरु भएको छ । दर्बांङ् स्थित जनप्रीय मावीको खेल मैदान र बजारलाई सुरक्षाको लागि ठेक्का मार्फत काम सुरु भएको हो ।

 

संरक्षणको नाममा नदीको दोहन हुन सक्ने तथा खतरा बढ्न सक्ने बताइएको छ । विद्यालयको खेल मैदानदेखि करिव १५० मिटर तल नदी रहेको भए पनि पक्की पुलको पिलर नेर जेबिसी ले खन्नु गलत रहेको स्थानीय छबी बिस्वकर्माले बताउनु भएको छ । पक्की पुलको मुनी करीव १.५ मिटर गहिराईमा खनिएको छ, यसो गर्दा पिलर कम्जोर भई पुललाई क्षेति हुन सक्ने बिस्वकर्माले सूर्योदयलाई जानकारी दिनु भयो ।

 

“नदीमा उत्खनन गरेर जमेको ढुङ्गा निकाल्ने गतिविधि भईरहेको र यस्तो गतिविधिले वातावरणीय क्षेति हुन सक्छ । सडक र पुलको नजिक खन्दा भाइब्रेसनले सडक र पुल कम्जोर हुन्छ किनकी नदी जति गहिराइमा बग्छ त्यति नै दाँया र बाँया भत्काउदै फैलन्छ । त्यसैले यो सबै ढुंगा उत्खनन गर्ने प्रपन्च हो ।”  बिस्वकर्माले भन्नु भयो ।  ९० लाख को यो योजना असार भित्र काम सक्न पर्नेमा हिउदभरी काम हुन नसक्नु र वर्षा नजिकिदै गर्दा कामको थालनी हुनुको कारण उनले खोजेका छन् ।

 

केही समय अघि नदीबाट बेनी बजारलाई  जोगाउन प्राकृतिक रुपमा गाडिएका ढुंगाहरु निकालेर लगाएको बाँध नै ढलेको थियो । नदीको प्राकृतिक धार नै परिवर्तन गर्न खोज्नु झन् खतरा हुन सक्छ । उसो त पछिल्लो समयहरुमा संरक्षणको बाहनामा जिल्लाका प्राय स्थानहरुमा सबैको मिलेमतोमा नदीको दोहन चलिरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय