प्यारी एन्जिला,
तिम्रो मौनताको लामो शृङ्खला पश्चात् आज तिम्रै सम्झनाले मेरो मन तड्पिराको छ। मलाइ लाग्छ तिमिलाइ पनि त्यो मौनतामा शान्ती त पक्कै मिलेको छैन होला।
सुनन..! तिमिलाइ थाहा छ? हाम्रो पहिलो भेट भयको स्थानमा नजिकै लामो पुल बनेको छ त्यहा कयौ प्रेमीहरु सपना बुन्दै वारपार गर्ने गर्छन कतिपयत सायद प्रेमको व्यापार पनि । भन्नेले त त्यो पुल नेपालकै लामो कि के भन्छन तर मलाइ लाग्दैन सबै भन्दा छोटो लाग्छ | जसबाट एउटा समुन्द्र पनि तर्न सकिँदैन तिमी सात समुन्द्र पारी छ्यौ, तिमी सामु पनि नपुर्याउने लाई कसरी लामो मानु म ?
तिमिलाइ मेरै आँखा अगाडि ल्याउने त सिर्फ दुई माध्यम छन एउटा तिम्रो याद अनि अर्को सामाजिक सञ्जाल | तिम्रो यादले मन पोल्छ अनि ट्विटर या फेसबुक मा अप्लोड हुने तिम्रो तस्वीरले केही मत्थर बनाउछ। त्यस्तै अर्को पुल छ हामी बिच जस्ले मेरा मेसेज को एकोहोरो समुन्द्रपार यात्रा गराउछ, तर तिम्रा मेसेज कुन पुल बाट कहाको यात्रा गर्छन प्रीय ? यता आउनै छाडेत..!
अनि तिम्रा यादहरुलाइ म कहाँ पुर्याउने त तिम्रो विमान नै छ क्यारे जस्ले भारी भारी याद लियर मेरो मुटुमा अवतरण गराउछ अनि कम्पन पैदा गर्छ। फुल जस्तो तिम्रो वदन अनि काडा जस्ता तड्पाइ र याद आइरहने त्यो बिमानमा तिमि किन अट्दिनौ प्रीय ? सायद त्यो विमान इम्याजिनेसन बाट अर्को नेसन मा जादैन क्यारे ।
प्रीय लुरि तिमिलाइ मायाको परिभाषा कसरी बुझाउ ? भनेर लेखेको एक प्रेम पत्ररुपि मेसेज त फेस्बुकबाट हटायकी छैनौ नि ? त्यस्लाइ हाइड गरेर राखेकी छौ अझै सजिलो सङ्ग मेरो माया लुकायकि छौ जो आफैले नदेखेको अभिनय गरिराछ्यौ।
एउटा कुरा भनु प्रीय ?
पाच फुट भन्दा बढी हाइट भयको त्यो शरिरमा सपक्क सप्कियको सारी देख्दा म केही बेर हासेको थिय उ बेला। तर अहिले लुरो अनि अग्लो शरिरमा जानी नजानी सारी सप्कायकी युवती देखे तिमी भन्ठानेर झस्किन्छु म अनि केही बेर हेरिरहन्छु। जब दशैका फोटा देख्छु अरुको अनि हतार हतार मोबाइल खोलेर हेर्छु तिम्रा ती तस्वीर अनि अर्को दशैमा सङ्गै बसेर टीका लगाउने कल्पनामा डुब्छु तर तिमी कहाँ हो कहा।
मैले तिमी टाढिने डर ले साथी भन्दा माथी नसोचेको कुरा बताइरहे कुनै दिन बोलचाल पनि बन्द होला भन्ने डर ले प्रेम प्रस्ताव पनि नराखेको म बबुरोलाइ अनयासै टाढिनु पर्छ भन्ने के थाहा ? हरेक बिहेका लगनका महिनामा मनको कुरा खोल्ने मनसाय बनाय तर सकिन तिम्रा बर्थ्डे हरुमा प्रस्ताव गरौ कि भने फेरि डर लाग्यो कतै तिम्रो विशेष दिन बिगारेको आरोप त लाग्ने होइन ?
जीवन एक अभिनय हो जिवनमा प्रेम बाहेक सबथोक नाटक गरिन्छन, त्यसैले यो नाटकिय जिवनमा वास्तविक रङ भर्न चाहन्छु जुन तिमी प्रतिको प्रेम मा छ ।
मलाइ त्यो उचाइको पहाडमा सुनसान वातावरण चिसो मौसममा तिमिलाइ अङ्गालोमा बेरेर मायाको सरगर्मीले रापिन मन छ यो अनुमती कहिले दिन्छ्यौ प्रीय ? तिमी हिड्ने बाटोमा फुलैफुल छर्न त नसकुला तर हातमै उठायर शुन्दर बगैँचा घुमाएर जीवन बिताउन सक्छु प्रीय, म केवल तिम्रो अनुमतिको पर्खाइमा छु कुरा बुझ ल मायालु ।
तिमिलाइ सात जुनि सङ्गै हुने वाचा गर्न त सक्दिन किन भने मलाइ अर्को जुनि मा म कुन किराको रुपमा जन्मन्छु भन्ने थाहा छैन, अनि तिमी पक्कै अप्सरा हुन्छ्यौ होला धर्तिको किरा ले स्वर्गकी परिलाइ सङ्गै जिउने बाचा कसरी गर्न सक्छ ? त्यसैले बरु सात जुनिकै प्रेम यहि जिवनमा अनुभूति गराउने छु प्रीय….
प्रेम सप्ताहको शुभकामना प्रीय….

