विप्लव सी नेतृत्वको नेकपाले पछिल्लो समय बिभिन्न कार्यक्रमहरुको सार्वजनिक गरेको छ | कार्यक्रम अनुसार दुइ अंकको ब्याजदर असुली गरि जनताको ढाड सेक्ने बिभिन्न लघुवित्त, सहकारी, बैक तथा मिटरब्याजीहरुलाई ठिक गर्ने भनिएको छ |
नेकपा म्याग्दीले फागुन ५ गते बेनी बजारमा कार्यक्रम मार्फत एक अंकको ब्याजदर लिन आग्रह गर्ने भएको छ | कार्यक्रममा सम्बन्धित सरोकारवालाहरुलाई उपस्थितिको लागि नेकपा म्याग्दीले आह्वान गरेको छ |
“मिटरब्याजी, सहकारी, बैक तथा लघु वित्तीय संस्थाहरुले जनताको ढाड सेक्ने गरि ब्याज लिने र सुकुम्बासी बनाउने गरेको कारण पिडितहरुको अत्यधिक गुनासाहरु आउन थालेका छन्, यस्ता संस्थाहरुप्रति हाम्रो पार्टीको ध्यान आकर्षण भएको छ” म्याग्दी जिल्ला इन्चार्ज उषा सीले सुर्योदय न्युजलाई बताउनु भयो |
मिटरब्याजी, सहकारी, बैक तथा लघु वित्तीय संस्थाहरुबाट पिडित तथा सम्बन्धित सरोकारवालाहरुलाई कार्यक्रममा सहभागी हुन नेकपा म्याग्दीले अनुरोध गरेको छ |


