बादल शाही, म्याग्दी ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले लागू औषध सहित एक जनालाई समातेर प्रहरीलाई बुझाएको छ । नाइट्रो भ्याट नामक लागू औषध ४०५ पिस सहित मुस्ताक अलि नाम गरेको ब्यक्तिलाई बिहिवार पर्वत मल्लाज चोकमा समातेर जिल्ला प्रहरी कार्यालय म्याग्दीलाइ पार्टीले बुझाएको छ ।
पार्टीको लागू औषध दुर्ब्यसनी विरुद्धको सर्च अभियान अन्तरगत उक्त कार्यक्रम गरिएको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले जनाएको छ । भारतबाट म्याग्दीमा लागुऔषध ओसारपसार हुनेगरेको गोप्य सुचनाको आधारमा अलिलाई समात्न सफल भएको जिल्ला इन्चार्ज उषा सी ले बताउनु भयो ।
जिल्लाको शिर्जनशिल शक्ति युवा शक्ति पछिल्लो समय लागू औषधमा फस्दै गइरहेको र यसले समाजमा दीर्घकालीन रुपमा नराम्रो असर गर्ने भएकोले सर्च अभियानको सुरु गरिएको जिल्ला सेक्रेटरी कैलाश सीले बताउनु भयो ।



