सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी प्रदेश को सम्मेलनले धनकुमार रोकालाई संयोजकको रुपमा चयन गरेको छ । शनिबार सम्पन्न प्रदेश स्तरीय भेलाले रोकालाई चयन गरेको हो ।

नरेन्द्र घर्ती मगर को अध्यक्षता, फाउन्डेसनका केन्द्रिय उपाध्यक्ष प्रकाश बास्तोला र केन्द्रिय संरक्षक सुजन सापकोटा को उपस्थितिमा विभिन्न छलफल गर्दै धन कुमार रोकालाई सँयोजकको रुपमा सर्वसम्मत चयन गरिएको हो ।

रोकाको सँयोजकत्वमा ७ सदस्य आयोजक समिति गठन भएको छ, जसअनुसार सदस्यहरुमा नरेन्द्र घर्ती मगर , सोचना सापकोटा ,पवन भुजेल ,मनोज किसान , लोचना सापकोटा र नेहा गुरुङ रहेका छन ।

सहिद हरुको सपनालाइ पूरा गर्नका लागि र पुर्ब माओवादी घटकहरुलाई एक बनाउनका निम्ति फाउन्डेसन गठन गरिएको हो फाउन्डेसनका केन्द्रिय उपाध्यक्ष बास्तोलाले बताउनु भयो ।

त्यसै गरि केन्द्रिय संरक्षक सुजन सापकोटाले जनयुद्धका सहिद हरुलाइ रास्ट्रिय सहिद घोषणा गर्नुपर्ने, जनमुक्ति सेनालाई गणतन्त्र सेनानी घोषणा गर्नु पर्ने , जनयुद्धका घाइतेहरुको नि शुल्क उपचारको व्यवस्था हुन पर्ने भन्ने माग सहित आन्दोलन जारी रहिरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय