सुधन बिश्वकर्मा बागलुङ

 

बैज्ञानिक समाजवादका लागी सामना संगीत अभियान लिएर हिडेको सामना परिवारले बिहिवार बाग्लुङ्गमा संगीत अभियान सम्पन्न गरेको छ |

 

सामना परिवारले बाग्लुङ्गको सदरमुकाम बाग्लुङ्ग बजारको बाघ चोकमा अभियान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न सस्कुती झल्कने गीत तथा नृत्यमार्फत बैज्ञानिक समाजवादको आवस्यकतालाइ झल्काइएको थियो |

मध्य पहाडी लोकमार्गको अभियानमा निस्केको सामना परिवारले शुक्रवार बाग्लुङ्गकै अर्को चर्चित ठाउँ बुर्तिबाङमा  संगीत अभियान सम्पन्न गर्ने  जनाएको छ | सामना परिवारले बुधवार बेनीमा संगीत अभियान सम्पन्न गरेको थियो | परिवारको नेर्तुत्व भने आरोहण सि ले गर्नु भएको छ |

कार्यक्रममा धवलागिरी ब्युरो इन्चार्ज तथा नेपाल् कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य विकिरण सी, पोलिट ब्युरो सदस्य आदत सि, बागलुङ जिल्ला इन्चार्ज आकाश सि बागलुङ जिल्ला सेक्रेटरी क्रान्ति सि, बिद्यार्थीका धौलागिरी ब्युरो इन्चार्ज लक्षमन सि लगायतले मन्तव्य राख्नु भएको थियो |

संसदीय व्यवस्थाले ल्याएको वर्तमान जरजर अवस्था, नेपालको राजनैतिक, आर्थिक तथा बैदेशिक हस्तक्षेपको साथै वित्तीय संस्थाहरुले गरेको ज्यादती लगायतका बिषयहरुमा वक्ताहरुले मन्तब्य राख्नु भएको थियो |

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय