म्याग्दी जिल्लाको मंगला गाउँ पालिका अन्तर्गतको मंगला शिक्षा क्याम्पसमा त्रिभुवन विश्वविद्यालयबाट प्राप्त भइ निर्माण गरिएको भवनमा लाखौं रुपैयाँ भष्ट्राचार भएको गुनासो प्राप्त भएको छ ।

आ ब २०७८/२०७९ मा यु जि सी बाट प्राप्त रु ५०,००,०००/- ( अक्षेरुपी पचास लाख ) को भवन निर्माणमा करिब ९ लाख भष्ट्राचार भएको आशंका गरिएको छ ।

क्याम्पस ब्यबस्थापन समितिले भवन रु ४१ लाखमा बनाउन मालिका गाउँ पालिका निवासी हिमाल गुरुङलाई आन्तरिक प्रतिस्पर्धा मार्फत  जिम्मा दिएपछी  बचत हुन आउने ९ लाख रकम क्याम्पसमा
आम्दानी गरी शिक्षक तलब भत्ता खुवाउने बताएपनि सो रकम कहाँ छ, हालसम्म अत्तो पत्तो छैन ।

रकमको खोजी गर्न समिति स्तरीय जाँचबुझ समिति बनाएको भएपनि समितिले उक्त पैसा खोजी गर्ने क्रममा क्याम्पस प्रमुख पितम बहादुर खत्री र क्याम्पस अध्यक्ष यामबहादुर थापाबाट ५ लाख यु जि सी प्रमुखलाई योजना पारिदिन घुस
दिएको समिति बैठकमै बताएको नाम उल्लेख नगर्ने शर्तमा एक सदस्यले बताए ।

५० लाखको योजनामा ८ लाख भन्दा बढी भष्ट्राचार हुनु र गाउँ पालिका प्रमुख ( सतप्रसाद रोका ) संरक्षक रहेको संस्थामै सत्य तथ्य सार्वजनिक नहुनुले संरक्षक नै संरक्षणमा लागेको आशंका  हुन्छ ।

भवन पास गर्दा ५० लाखकै डमी बिल खडा गरिएको र आन्तरिक रुपमा क्याम्पसलाई रकम तिर्न क्याम्पसलाई साहु र हिमाल गुरुङलाई ऋणि बनाइ तमसुक समेत बनाइएको थियो ।

अहिले न त रकम जम्मा भएको छ न त कुनै तथ्यगत धारणा सार्वजनिक भएको नै छ । ५० लाखको योजना पारिदिन ५ लाख घुस लिएको भनिएको त्रिभुवन विश्वविद्यालय भौतिक ब्यबस्थापन शाखाका प्रमुखलाई सार्वजनिक गर्नुपर्ने माग जनस्तरमा उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय