निलम गाँउले, बाल्टिमोर अमेरिका
आज मिती 06/25/2023 आइतबारको दिन सँसारभरी छरिएर रहेका म्याग्देलीहरुको साझा सँस्था मोना जो सँसारको २७ वटा देशहरुमा आफ्नो शाखा बिस्तार गरेको छ सो सँस्थाले
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको एक नेपाली रेष्टुरेण्ट माउन्ट एभरेष्टमा अमेरिकामा बस्ने म्याग्देलीहरुको सँस्था MONA ( Myagdi Overseas Nepali Association ) ले आफ्नो दोश्रो अधिबेशन भव्यताका साथ सम्पन्न गरेको छ ।नायक राहुल के.सी. को कार्यक्रम सन्चालनमा रहेको कार्यक्रमको अधक्ष्यता निवर्तमान अधक्ष्य श्री रघु सुवेदी ज्यु ले गर्नु भएको थियो भने प्रमुख अतिथीमा मोना ग्लोबलका अधक्ष्य श्री अम्मर छन्त्याल ज्यु हुनुहुन्थ्यो । त्यसतै अन्य अतिथीहरुमा अन्तर राष्ट्रिय नेपाली साहित्य समाजका सँस्थापाक अधक्ष्य श्री होमनाथ सुवेदी, बानाका सँस्थापाक अधक्ष्य तथा मोनाका सँस्थापाक सदस्य श्री मोहन थापा, म्याग्दी समाज अमेरिकाका सँस्थापाक अधक्ष्य श्री पारषमणी श्रेष्ठ, म्याग्दी समाजका वर्तमान अधक्ष्य श्री अर्जुन शाही, म्याग्दी समाजका निबर्तमान अधक्ष्य श्री ईन्द्र थापा क्षेत्री, पर्बत समाज अमेरिकाका अधक्ष्य श्री रबिन शर्मा, पर्बात समाज अमेरिकाका उपाधक्ष्य तथा ईनास मेरील्याण्डका उपाधक्ष्य श्री गोपाल चन्द्र लामीछाने, म्याग्दी समाजका उपाधक्ष्य श्री भिम केसी, अनेसासका उपाधक्ष्य श्री पुरुषोत्तम सुबेदी, गैर अवासिय नेपाली सँघ अमेरिकाको मेरिल्याण्ड शाखाका उपाधक्ष्य श्री प्रेम सुबेदी, युबा सँयोजक सँजोक कार्की लगायत धेरै म्याग्देलीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सबै अतिथीहरुबाट आआफ्ना शुभकामनाका मन्तव्यहरु राखिएका थिए भने कार्यक्रममा तिनजना ब्यक्तीहरु जसले समाजलाइ बिभिन्न क्षेत्रबाट ठुलो सहयोग पुर्याउनु भएको थियो वहाँहरुलाइ प्रमाण पत्र र खादा लगाइ सम्मान गरिएको थियो । सम्मानित हुने ब्यक्तीहरुमा मोना ग्लोबलका अधक्ष्य श्री अम्मर छन्त्याल, अनेसासका सँस्थापक श्री होमनाथ सुबेदी र म्याग्दी समाज अमेरिकाका सँस्थापक अधक्ष्य श्री पारषमणि श्रेष्ठ हुनुहुनथ्यो । साथै प्याथोलोजीमा डक्टरेट गर्नु भएका नगेन्द्र मणि श्रेष्ठलाइ पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा Twin Charms Dance Class बाट दुइवटा नृत्य पनि प्रस्तुत गरिएको थियो जसमा  एउटा रिमिक्स गित र अर्को यो हो मेरो प्राण भन्दा प्यारो माइतिघर भन्ने गित थियो । त्यसतै कार्यक्रममा लक्षमण पौडेलले आफ्ना मिठा मिठा गित गाएर आगन्तुक दर्शक महानुभावहरुलाइ मनोरन्जन दिलाउनु भएको थियो । सम्पुर्ण कलाकारहरुलाइ प्रमाण पत्रका साथ सम्मान गरिएको तियो । अन्तमा अधक्ष्य रघु सुबेदीबाट आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सम्पुर्णलाइ धन्यबाद दिदै कार्यक्रमको अन्त्य भएको घोषणा गर्नु भएको जानकारी दिनु भएको थियो ।

अमेरिकाको जुनकुनै प्रान्तमा बसोबास गर्नुहुने म्याग्देलीहरुमा सदस्यता अभियान खुल्ला रहेको जानकारी गराउदै छिट्टै कार्यसमिति बैठकबाट सल्लाहकार तथा संरक्षकको नियुक्ति गरिने छ ।

कार्यक्रमको अन्त्यमा यही दोश्रो अधिबेशनबाट वर्तमान महासचिव श्री सुभाष भण्डारीको अधक्ष्यतामा नयाँ कार्यसिमीको पनि चयन गरिएको थियो । नयाँ कार्यसमितीमा रहनु भएका पदाधिकारीहरुको नाम निम्नलिखित रहेको छ ।

 

, अधक्ष्य: सुभाष भण्डारी, (मुना) हाल बाल्टिमोर

, बरिष्ठ उपाधक्ष्य: राजेन्द्र के.सी. (बेनपा ५) हाल बाल्टिमोर

, उपाधक्ष्य: बिराट श्रेष्ठ.( बेनी) हाल न्युयोर्क

, उपाधक्ष्य: तारा गौचन (लम्सुँग) हाल न्युजर्सी

, उपाधक्ष्य: सन्जिव बाँनिया (बेनपा) हाल टेक्सास

, महासचिव: राहुल के.सी. (ताकम) हाल बाल्टिमोर

, सचिव: बिरेन्द्र कुमार चन्द (राखु) हाल बाल्टिमोर

, कोषाधक्ष्य: सिता थापा (चिमखोला) हाल बाल्टिमोर

९, सहकोषाधक्ष्य: प्रेम छन्त्याल (मँगले) हाल बाल्टिमोर

१०,, महिला सँयोजक: कला के.सी. (मराँग) हाल बोष्टन

११, सदस्य: केश पुन (मुना) हाल नेभाडा

१२, सदस्य: टिका रिाल (बेनपा) हाल बाल्टिमोर

१३, सदस्य: ओम प्रकाश के.सी. (सिँगा) हाल एलिकटसिटी

१४, सुदिप के.सी. (बेनपा) हाल बाल्टिमोर
१५, अरुण भण्डारी (ताकम) हाल भर्जिनिया
१६, शिव छन्त्याल (बेनी ) हाल बाल्टिमोर 

यसरी अमेरिकाभरीबाट म्याग्दी प्रवासी नेपाली सँघमा आवद्द भै  सामाजिक काम गर्न तम्सिनु भएका सबै अधिकारीहरु र सदस्यहरुलाइ कार्यकाल एकदम फलदायी र सफल होस भन्दै उत्तरोत्तर प्रगती तथा म्याग्दीमा पर्न जाने आपद बिपद, स्वस्थ्य तथा शिक्षामा विशेष जोड दिनु होला भन्दै सुर्योदय न्युज यहाँहरुलाइ शुभकामना दिन चाहान्छ ।

अन्य फोटोहरु हेर्नको लागी कृपया तलको लिँकमा जानु होला, धन्यबाद
https://drive.google.com/drive/folders/1mIlZ8kHj77tnv_aBT-4gVAGwEyNyIgok?usp=sharing

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय