सूर्योदय न्युज, बादल शाही |

 

कोरोना महामारीको फैलावट बढेसंगै रघुगंगा ७ चिमखोलाले पनि गाउँको सीमा नाका शनिवारबाट  बन्द गरेको छ । शनिवार बिहान वडा, आमा समुह र मण्डली युवा क्लवको संयुक्त निर्णयमा सीमा नाका बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले तोके बमोजिमका अत्यावश्यक काम तथा आवश्यकता परेको बाहेक अनावश्यक रुपमा मानिसहरुलाई आवतजावतमा रोक लगाई सीमा नाका बन्द गरिएको स्थानीय नेता ओम पुनले जानकारी दिनु भएको छ । आगामी जेठ १० गते सम्मका लागि सीमा नाका बन्द गरिएको क्लवका अध्यक्ष्य किशोर पुनले बताउनु भएको छ ।

आलोपालो तरिकाले ५/५ जना स्थानीय युवाहरुबाट दैनिक रुपमा तिप्ल्यांग डाँडामा बसेर अनुगमन गरिने पुनले बताउनु भयो । सीमा नाका बन्द आवस्यकता अनुसार थप गरि अरु दिन पनि हुन सक्ने वडा कार्यालयले जनाएको छ ।

 

जिल्लामा कोरोनाको फैलावट भुसमा सल्केको आगो सरि फैलिरहेको छ । अन्य गाउपालिकाले भन्दा ढिला गरि सिल्ड गरेको रघुगंगा गाउपालिकामा कोरोना संक्रमणको कारण केहीको मृत्यु समेत भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय