अस्ट्रेलिया निवासी सोनु मल्ल पाइजाले आफ्नो जन्म दिनको अवसरमा म्याग्दीको बेनीमा रहेको बाल संगठनलाई सहयोग गर्नु भएको छ | जन्म दिनको अवसरमा अनावस्यक खर्च हुने रकमलाई सोनुले बाल संगठनलाइ सहयोग गरेकी हुन |

जलजला गाउँपालिका वडा न २ बगरफाँट घर भई हाल अस्ट्रेलिया निवासी सोनुले यसरि बाल संगठनलाई सहयोग गर्दा उनका पति मनिस पाइजाले खुशी व्यक्त गरेका छन् | मनिस सिद्ध बाबा युवा क्लब का खेलाडी एवम सक्रीय सदस्य समेत हुन |
यहि भाद्र महिनाको २९ गते जन्म दिनको अवसरमा रु १० हजार बराबरको खाद्यान्न बाल संगठनलाई उपलब्ध गराइएको मनिसका भाइ सुजन पाइजाले जानकारी गराउनु भयो | सोनु र मनिस एकसाथ अष्ट्रेलिया रहेका छन् |
आगामी दिनहरुमा पनि सामाजिक कामहरुमा अग्रसर रहने पाइजा जोडीले बताउनु भएको छ |





