म्याग्दी ।
विप्लव सी नेतृत्त्वको नेकपा निकट युवा संगठन नेपाल म्याग्दीले सोमवार जिल्ला प्रशासन कार्यालय म्याग्दीलाइ ध्यानाकर्षण पत्र बुझाएको छ | महंगी, कालोबजारी, कमिशनखोरी, भ्रस्टचारी, र चाडपर्वको मौका छोपी खाद्य वस्तुको कृत्रिम अभाव तथा मुल्यबृद्धि भएको प्रति संगठनले ध्यानाकर्षण गराउदै पत्र बुझाएको हो ।
युवा संगठन नेपाल म्याग्दीका संयोजक उज्ज्वल सीले सोमवार ध्यानाकर्षण पत्र पढेर सुनाईसकेपछी प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाइ हस्तान्तरण गरेका थिए । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुखले पत्रमा उल्लेखित कुराहरुमा आफु सचेत रहेको बताएको संयोजक सीले जानकारी गराउनु भएको छ ।
महंगी, कालोबजारी, कमिशनखोरी, भ्रस्टचारी, चाडपर्वको मौका छोपी खाद्य वस्तुको कृत्रिम अभाव तथा मुल्यबृद्धि र देश र जनताको बिरुद्धमा हुने सबै प्रकारको अन्यायको बिरुद्धमा संगठनले ससक्त प्रतिरोध गर्दै आइरहेको कुरा पत्रमा उल्लेख छ ।



