सूर्योदय न्युज, बादल शाही
सामाजिक एवंम मानवीय सेवामा सक्रिय रहेको गगा जिसी फाउन्डेसनले बेनी नगरपालिकाका ७ र ८ वडा बाहेकका सबै वडाका घरधुरीलाई पुग्नेगरी मास्क र साबुन वितरण गरेको छ । फाउन्डेसनले गरेको वितरण प्रति भाडामा बस्नेहरुले असन्तुस्ट व्यक्त गरेका छन् ।
कोरोना महामारीको यो विपत्तिमा संक्रमित र बिरामीको उपचार लगायतको कर्ममा जुटिरहेको फाउनडेसनले राम्रो काम गरिरहेको भएपनि भाडावालाहरुलाई यसरि फरक ब्यवहार गरेको भन्दै बेनी बजारमा भाडामा बस्नेहरुले सामाजिक संजालमा गुनासो पोखिरहेका छन् । फाउनडेसनले स्व.सुदिप मेमोरियल ट्रस्टसंगको सहकार्यमा बेनपा ७ र ८ बाहेकका आठै वडाहरुमा सनिवार एक कार्यक्रमका वीच जनप्रतिनिधिहरुलाई सामग्री हस्तान्तरण गरेको फाउनडेसनका अध्यक्ष्य नाराण जिसीले जानकारी दिए ।
यस अघि पनि बेनी नगरपालिकाले फोहोर व्यवस्थापनको लागि बेनी बजारमा प्रत्यक घरधुरीलाई पुग्नेगरी घरधनीहरुलाई बाल्टिन वितरण गरेको थियो । सो कार्यप्रति पनि भाडावालाहरुले गुनासो गरेका थिए ।

