सुधन बिश्वकर्मा, बागलुङ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठन धौलागिरी ब्यूरोले बागलुङको गलकोत नगर्पालिकाको गाडी नियन्त्रणमा लिएको छ । शनिवार सरकारि गाडी प्रयोग गरि सरकारी समपत्तीको दुरुपयोग गरेको भन्दै बा घ १ झ १८ नम्बर पालिकाको गाडी नियन्त्रणमा लिएको छ ।
” शनिवार बिदाको दिन सरकारी गाडी दुरुपयोग भएको छ, गलकोट नगरपालिकाको वडा न ३ हतिया बजार मा गुडिरहेको अबस्थामा देखे पछि गाडी नियन्त्रणमा लिइएको हो ” संगठनका नेता तथा धौलागिरी ब्यूरो इन्चार्ज प्रसान्त घर्ती मगरले बताए ।
नियन्त्रणमा लिइएको सवारी गलकोट अस्थायी ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको घर्तीले जानकारी दिएका छन् । शनिवार बिदाका दिन सरकारी गाडीको दुरुपयोग हुने क्रम बढेको भन्दै निगरानी बढाइएको संगठनले जनाएको छ ।


