सुधन बिश्वकर्मा

म्याग्दी |

विप्लव सी नेतृत्वको नेकपा म्याग्दीले भत्किएको स्थानीयको एक घर पुन ठडाएको छ ।  गत असोज ४ गतेको अविरल वर्षातका कारण म्याग्दी जिल्ला बेनी नगरपालिका वडा न ३ भकिम्कलीका सन्दिप पुनको घर  भत्किएको थियो । पुनको घर नेकपा म्याग्दीले पुननिर्माण गरेको छ ।

 

अविरल वर्षातका कारण घर भत्किएपछि चिन्तामा परेका सन्दीपले घर बनाइदिन नेकपा म्याग्दीलाई आग्रह गरेका थिए । नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी अविरल सीको नेतृत्वमा भक्त सी, वडा कमिटि सदस्य गोबिन्द सी, खीम सी, झलक सी, कुर्सन सी, लगायतका पार्टीका नेताहरुको श्रमदानबाट घर बनेको सन्दीपले जानकारी दिएका छन । श्रमदानबाट आफ्नो घर बनेपछि सन्दीपले खुशी हुँदै नेकपा म्याग्दीलाई धन्यवाद दिए ।

 

घर पुन निर्माणमा बेनी नगरपालिकाले १५ हजार रुपैया सहयोग गरेकोप्रति खुशी ब्यक्त गर्दै जिल्ला सेक्रेटरी अविरल सीले जनताको सुखदुखमा पार्टी सधै संगै रहेको बताउनु भएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय