भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको ब्यास क्षेत्र स्थित गुन्जी, नाभी र कुटीमा भ्रमण गरेका छन् । मोदीले गरेको भ्रमणप्रति विप्लव नेतृत्वको नेकपाले असहमति जनाउदै विज्ञप्ति जारी गरेको छ ।
अन्तराष्ट्रिय राजनैतिक र कुटनितिको न्युनतम मान्यता विपरित गरिएको भ्रमण भन्दै पार्टीले घोर निन्दा एवं भर्त्सना गरेको छ ।


