बादल शाही
शनिवार चाडपर्व लक्षित सुरक्षा योजना अनुसार बागलुङ जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरी सरप्राईज चेकीङ गरिएको ट्राफिक प्रहरी कार्यालय बाग्लुङ्गले जनाएको छ ।
नियम उलंघन गर्ने विनिन्न सवारी चालाकजरुलाइ कारवाही समेत गरिएको छ, चाडवाडको समयमा सवारी चाप बढ्ने भएकोले चेकिङ्गलाइ अझै कडाइ गरिने समेत ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।
साथै ट्राफिक प्रहरी कार्यालय बाग्लुङ्गले आज गरेको चेकिङ्गको सम्पूर्ण विवरण सार्वजनीक गरेको छ । विवरण अनुसार रहेको छ मो.सा.-१५, जिप/कार-१४, ट्रक-१२, ट्रयाक्टर-३ गरी जम्मा ४४ सवारी साधनहरुलाई आवश्यक कानूनी कारबाही गरिएको कार्यालयले बतायो ।
सरप्राईज चेकिङ गरिएका स्थानहरु..
१) बागलुङ.न.पा. १ रामरेखा भ्युपोईन्ट २) बागलुङ.न.पा. १४ कैँया बलेवा
३) बागलुङ न.पा. १ मालढुंगा ४) बागलुङ न.पा ४ कुडुले
५) जैमिनी न.पा. १ कुश्मिसेरा बजार ६) बरेङ गा.पा. १ बरेङ बजार
७) बडिगाड गा.पा. ५ मसार ८) निसिखोला गा.पा. ३ धुवनकोट
९) ढोरपाटन न.पा. १ देवचोक १०) गलकोट न.पा. ३ हटियाबजार
११) काठेखोला गा.पा. २ अक्षेते




