जाजरकोटमा भूकम्पका कारण भत्किएका कतिपय विद्यालयहरु नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियले पुननिर्माण गरेको छ । म्याग्दीका प्रकाश पौडेलको नेतृत्वमा रहेको १५ जनाको टीमले विद्यालयको पुनर्निर्माण गरेको हो ।
“जिल्लाको भेरी नगरपालिका वडा २ को तिमिलेमा रहेको नेपाल रास्ट्रिय आधारभूत विद्यालय भूकम्पका कारण भत्किएपछि विद्यार्थीहरु स्कुलको खुल्ला चौरमा पढन बाध्य थिए, हामीले भवन अस्थायी रुपमा पुनर्निर्माण गरेर हस्तान्तरण गरेका छौं विद्यार्थीले पढ्न पाएका छन् प्रकाश पौडेलले बताउनु भयो ।
त्यसैगरी जाजरकोटको छेडागाड नगरपालिका ७ तिकाचौरको भानुभक्त आधारभूत विद्यालयको भवन पनि अस्थायी रुपमा निर्माण गरि हस्तान्तरण गरिएको अनेरास्ववियुले जनाएको छ ।
रुकुम पश्चिमको आठविकोट नगरपालिकामा रहेको भूकम्पले क्षेतिग्रस्त आदर्श माविको भवन पनि अस्थायी रुपमा पुनर्निर्माण गरि हस्तान्तरण गरिएको उक्त ठाउमा १९ दिनदेखि खटिरहनु भएका नारायण घर्तीले जानकारी गराउनु भएको छ ।
२२०० मिटर उचाइमा रहेको उक्त भूभागमा त्यहाका मानिसहरुलाई हिउँदको यो समयमा अत्यन्तै कठिन भएको छ ।



