म्याग्दी | “बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि हाम्रो आन्दोलन, क्रान्तिकारी संगठन निर्माणका लागि १९ औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ् अखिल क्रान्तिकारी विद्यार्थी संगठन म्याग्दीले १९ औं जिल्ला सम्मेलनको तयारीमा जुटेको छ ।
अखिल क्रान्तिकारी विद्यार्थी संगठनको २३ औं राष्ट्रिय सम्मेलन आउदो फागुन ६ गते देखि ९ गतेसम्म हुने भएसंगै धौलागिरी ब्युरो अन्तर्गत म्याग्दी जिल्लामा विद्यार्थी संगठन विस्तारको अभियान अगाडी बढिरहेको संगठनका धौलागिरी ब्युरो इन्चार्ज उपेन्द्र सीले जानकारी दिनु भयो ।
संगठनले म्याग्दी जिल्लाको १९ औं जिल्ला सम्मेलन यहि माघ २५ गते सम्पन्न गर्ने तयारी गरेको छ । सम्मेलनको तयारी संगै जिल्लाको विभिन्न १० विद्यालयहरुमा संगठन बिस्तार भएको छ । यस अघि पश्चिम बाग्लुङ र मुस्ताङ जिल्लामा विद्यार्थी संगठनले भब्य रुपमा जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।




