विप्लव नेतृत्वको नेकपा म्याग्दीले शुशील गर्बुजा हत्या प्रकरणलाइ समेटेर प्रेस विज्ञप्ति जारी गरेको छ ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारको न्युरोडमामा गत ११ गते साँझ घटेको घटनाका सम्पूर्ण दोषीहरुलाई हालसम्म प्रहरीले पक्राउ गर्न नसकेको प्रति दुख ब्यक्त गर्दै नेकपा म्याग्दीले प्रेस विज्ञप्ति जारी गरेको हो ।

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी बजारमा बस्दै आएका गर्बुजाको गत ११ गते न्युरोडमा चक्कु प्रहार गरि हत्या गरिएको घटनाले जिल्लाको सदरमुकाम अपराध र अपराधीहरुको अखडा भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

यी र यस्ता घटनाहरु नेपाली समाजमा घटिरहनुले देशको दलाल राज्य व्यवस्था पूर्ण रुपमा असफल भएको उल्लेख गर्दै पिडितको न्यायको लागि सम्बन्धित निकायहरुलाई नेकपा म्याग्दीले विज्ञप्ति मार्फत आह्वान गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठ :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय