मिजार समाज नेपाल म्याग्दीको दोस्रो जिल्ला सम्मेलन शनिवार सम्पन्न भएको छ | २१ सदस्सीय समितिमा ५ जना पछी मनोनित गर्ने गरि १६ जनाको समितिलाइ सम्मेलनले निर्वाचित गरेको छ | समाजको अध्यक्ष्यमा भिम बहादुर किसान सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको हो |

मिजार समाज नेपाल म्याग्दीको प्रथम उपाध्यक्षमा भविराम किसान, दित्तिय उपाध्यक्षमा कुल बहादुर बोहोरा “मिलन” र महिला उपाध्यक्षमा गुमा किसान निर्वाचित हुनु भएको छ | त्यसैगरी समाजको सचिव पदमा अभिषेक मिजार, सह सचिवमा धनवहादुर बोहोरा र कोषाध्यक्षमा सोलिना किसान निवाचित हुनु भएको छ | भने सदस्यहरुमा मिलन बानिया किसाान, अमर किसान,  सुबिना मिजार, मन कुमारी बाेहाेरा,  कुमारी मिजार, किरण नेपाली, जमुना मिजार, कृष्ण बहादुर चर्मकार र रिम मिजार निर्वाचित भएका छन् |

म्याग्दीको बेनी बजार स्थित थकाली सेवा समाजको सभाहलमा सम्पन्न सम्मेलन गण्डकी प्रदेश सभा सदस्य माननीय टिका कुमारी बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो | मिजार समाज नेपाल म्याग्दीको अध्यक्ष्य सुकलाल किसानको अध्यक्ष्यता रहेको सम्मेलनमा विशिस्ट अतिथिको रुपमा समाजको केन्द्रीय अधक्ष्य ज्ञान बहादुर नेपाली, केन्द्रीय उपाध्यक्ष शोभा नेपाली, केन्द्रीय सचिव याम किसान, केन्द्रीय सचिव लक्ष्मण नेपाली,केन्द्रीय सल्लाहकार उमेश सिके, गण्डकी प्रदेश समितिको अध्यक्ष्य शालिकराम नेपाली लगायतको सहभागिता रहेको थियो |

सांस्कृतिक कार्यक्रमले थप रोचक बनाएको उक्त सम्मेलनमा मिजार समुदायका स्थायी शिक्षक, कर्मचारी, निर्वाचित जनप्रतिनिधि, जेष्ठ नागरिक, सहयोगदाताहरुलाई सम्मान गरिएको थियो |

सम्मेलनले मिजारहरुको एकताको संदेश प्रवाह गरेको र एकता कायम राख्नको लागि हरेकले आआफ्नो तह र तप्काबाट पहल गरिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए | रिता सिकेको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमलाई भबिराम किसानले संचालन गरेका थिए भने मनबहादुर चर्मकारले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए |

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय