पोखराका दुई जना अबैध लागू औषध गाँजासहित लमजुङमा समातिएका छन्। पोखरा महानगरपालिका– ९ बस्ने ५१ बर्षिय प्रेम पराजुली र पोखरा महानगरपालिका–१९ बस्ने ४० बर्षिय जिवन पौडेल अबैध लागू औषध गाँजासहित लमजुङमा समातिएका हुन्।
बुधबार बिहानपख दुई बजे ग ११ प ९४४० नम्वरको स्कुटरमा यात्रारत उनीहरुलाई प्रहरीले सुन्दरबजार नगरपालिका– २ स्थित खत्रीठाँटी-कुन्छा सडकखण्डमा चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको तीन किलो सय ग्राम गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक नेश्वर चपाईले जानकारी दिए ।
पक्राउ परेका उनीहरुले लमजुङबाट उक्त गाँजा बिक्रि बितरण गर्ने प्रयोजनको लागि पोखरा तर्फ लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
दुवै जना अभियुक्तलाई बिहिबार लमजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिमको कसूरमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी मिन बहादुर घलेले बताए ।

