युवा संगठन नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो जिल्ला सम्मेलनले काजी सी लाइ सर्वसम्मत रुपमा अध्यक्ष्य चयन गरेको छ | आइतवार सम्पन्न जिल्ला सम्मेलनले काजीको नेतृत्वमा २१ सदस्यीय कमिटी निर्वाचित भएका हुन् |

 

विप्लव सी नेतृत्वको नेकपाको भातृसंगठन युवा संगठन नेपालले दलाल राज्यव्यवस्था, भ्रस्टाचार, कालोबजारी, तस्कर, दलालहरुको भण्डाफोर गर्दै आइरहेको र यसलाई निरन्तरता दिनेछौं काजीले भन्नु भयो |

 

नेकपाको धौलागिरि ब्युरो इन्चार्ज विकिरण सी को प्रमुख आतिथ्यमामा सम्पन्न सम्मेलनमा म्याग्दी जिल्ला इन्चार्ज उषा सी, जिल्ला सेक्रेटरी राम सी, नेकपा म्याग्दीका नेताहरु गोपाल सी, गोबिन्द सी, फिल्टर सी र गोमा सी लगायतले शुभकामना मन्तब्य राखेका थिए |

 

भिडियो : https://www.youtube.com/watch?v=VOHoNEmJ1Wg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय