म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङ्गमा शुक्रवार जातीय भेदभाव तथा छुवाछुत बिरुद्ध र्याली तथा कार्यक्रम सम्पन्न भएको छ | शनिवार र आइतवार भने प्रशिक्षण कार्यक्रम हुने भएको छ |

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वेगप्रसाद गर्बुजाले जातीय भेदभाव जस्तो जघन्य अपराधको विरुद्धमा सिङ्गो समाज नै लाग्नु पर्ने बताउनु भयो | सहभोजको कार्यक्रम राख्नुपर्ने तथा दलित र गैरदलितहरुलाइ एकसाथ  सचेतनाको कार्यक्रममा सहभागी गराउन सकेमा आगामी कार्यक्रमले थप सार्थकता पाउनेछ उहाँले भन्नु भयो |   गाउँपालिकाका अध्यक्ष्य गर्बुजाले आगामी कार्यक्रम दलित अगुवाहरुसंग छलफल गरेर अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो |

कार्यक्रमको विशिस्ट अतिथि दलित नेता टेकबहादुर विस्वकर्माले विभेद गर्नेहरुलाई जेलको हावा खुवाएर सडाइदिने चेतावनी दिनु भयो | बेनी नगरपालिका ९ तोरीपानीकी मिना परियार वेपत्ता भए जस्तै अर्को घटना नदोहोरियोस र त्यसको निम्ति दलित युवा युवतीहरु सचेत हुनपर्ने उहाले बताउनु भयो |

संयुक्त दलित सघर्ष समिति मालिका गाउँपालिकाकी अध्यक्ष्य गौरी घतानेको अध्यक्ष्यमा सम्पन्न  कार्यक्रमको संचालन एमनले गरेका थिए |

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय