म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङ्गमा जातीय भेदभाव तथा विभेद बिरुद्ध र्याली तथा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ |
शुक्रवार र्याली सहित दरवाङ्ग बजार परिक्रमा गर्दै जातीय भेदभाव तथा विभेद विरूद्ध नारा जुलुस भएको थियो | पालिका नजिक सम्पन्न आम सभालाई सम्बोधन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष्य बेग प्रसाद गर्बुजाले छुवाछुत तथा सबै किसिमको विभेदको बिरुद्ध सबै जातजातीका मानिसहरु लाग्नुपर्ने बताए |
दलित नेता टेक बहादुर विस्वकर्माले उक्त कार्यक्रममा ओली र प्रचण्डलाई नआत्तिन आग्रह गरेका छन् | आवस्यक परेमा यी ठुला दल भनाउदाका नेताहरुले दलितको हित विपरित काम गरे भने दलितले आफ्नो निम्ति आफै क्रान्ति गर्ने बिकले बताउनु भयो | विभेद गर्नेहरुलाई जेलको हावा खुवाएर सडाइदिने चेतावनी उहाँले दिनु भएको छ |
संयुक्त दलित सघर्ष समिति मालिका गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम गौरी सेन्चुरीको अध्यक्ष्यतामा एमन नेपालीको संचालन गर्नु भएको थियो | कार्यक्रममा स्वागत मन्तब्य राख्दै जातीय समता समाजका केन्द्रय सल्लाहकार छवी बिकले जातीय भेदभाव बिरुद्धको कानुन सहि ढंगले लागु हुन नसकेको गुनासो राख्नु भएको थियो |
शनिवार र आइतवार सम्पन्न प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ | पालिकाको वडा न ६ को सभाहलमा सम्पन्न २ दिने दलित चेतना सम्बन्धि प्रशिक्षणलाइ छवी बिक र टेक बहादुर बिकले सहजीकरण गर्नु भएको थियो | जनप्रीय माविमा कक्षा ११ मा अध्ययनरत दलित विद्यार्थीहरुलाई २७००० ( सत्ताइस हजार रुपैया ) वरावरको स्टेसनरी सामग्री समेत वितरण गरिएको आयोजकले जनाएको छ |


