सूर्योदय न्युज, बादल शाही |

 

म्याग्देली युवा आवाजले कोरोना माहामारी रोकथामको लागि जिल्लामा भएको लकडाउनको चपेटामा परि गास बिहिन भएकाहरुलाई राहत वितरण गरेको छ । विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्रीहरु समेत वितरण गरेको छ ।

कोरोनाको प्रभावका कारण आर्थिक अभाव हुन गइ समस्यामा परेकाहरुलाई युवा आवाजले सहयोग गरेको हो । दुइ हप्तादेखि रासन सकिएर के खाउ के खाउ भएका कालिपुलका एक जनालाई युवा आवाजले रासन उपलब्ध गराए पछी पिडितले खुसी व्यक्त गरेको सतिस श्रेष्ठले जानकारी दिए । ‘नगरपालिका भित्र अत्यन्तै समस्यामा परेकाहरुको पहिचान गरि सहयोग हस्तान्तरण गरिएको छ’ छवी आचार्यले सूर्योदयलाई बताएका छन् ।

 

हालसम्म ११ परिवारलाई रासन, विभिन्न ५ स्वास्थ्य चौकी तथा म्याग्दी जिल्ला बेनी  अस्पताललाई स्वास्थ्य सामग्री तथा आर्थिक अभावका कारण समस्यामा परेका र पोखरा लैजान पर्ने विभिन्न बिरामीहरुलाई आर्थिक सहयोग गरिएको म्याग्देली युवा आवाजका सदस्य छवी आचार्यले जानकारी गराउनु भएको छ । स्वैच्छिक रुपमा देश तथा परदेशमा रहेका म्याग्देली युवाहरुले डेढ लाख भन्दा बढी रकम संकलन गरेका थिए ।

जिल्लामा विभिन्न विपद पर्दा युवाहरु संगठित भइ देश तथा विदेशबाट आर्थिक संकलन गरि जिल्लाको दुखेको घाउमा अलिकति भए पनि मलम लगाउने प्रयास भएको र  त्यसैको लागि ‘विपदमा युवाको हात’ अभियान संचालन गरि आर्थिक संकलन गरिएको  कोरियाबाट दिनेश जंग कटुवालले सूर्योदयलाई वताएका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय