बसन्त विक काठमाडौँ । नेपालमा अहिले आर्थिक संकट बढदै गएको भनिएको छ । व्यापारी, व्यवसायी तथा उद्योगीहरु बैङ्कहरुको चर्को व्याजले टाँट पल्टिएका छन ।

व्यवसायीहरु टाँट पल्टिरहेको बेला वितेको १० महिना भित्र बैङ्क तथा वित्तिय संस्थाहरुले भने ५३ अर्ब बढी नाफा कमाएका छन ।

राष्ट्र बैंकको रिपोर्ट अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ५३ अर्ब ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका हुन । यो अघिल्लो महिनाको तुलनामा १६.८४ प्रतिशतको वृद्धि हो ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका थिए । समीक्षा अवधिमा वाणिज्य बैंकहरु एक्लैले ४८ अर्ब ६० करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् भने विकास बैंकहरुले ४ अर्ब १७ करोड ७० लाख रुपैयाँ र अन्य फाइनान्स कम्पनीहरूले २९ करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल निक्षेप ६१ खर्ब ९० अर्ब १ करोड ५० लाख रुपैयाँ संकलन गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यो अघिल्लो महिनाको तुलनामा २६ अर्ब ५० करोड ३० लाख रुपैयाँले बढी हो ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ६३ अर्ब ५१ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए । निक्षेपको आकार बढ्दै गर्दा यता बैंकहरुको लगानीको ग्राफ भने खासै बढ्न सकेको छैन ।

राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा कर्जा लगानी ०.२७ प्रतिशतले घटेर जम्मा ५१ खर्ब ११ अर्ब ७० करोड ६० लाख रुपैयाँ मात्र लगानी गर्न सकेका छन् । अघिल्लो चैत महिनासम्ममा नै बैंकहरुले ६१ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गर्दै ५१ खर्ब २५ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरूमाथि थप खराब कर्जाको दबाब पनि परेको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा (एनपीएल) दर ३.९८ प्रतिशत पुगेको छ । अघिल्लो महिना यस्तो एनपीएल दर ३.९६ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय